२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • रुपन्देही व्यापार संघको अध्यक्षमा प्रकाश ढकाल...
समाचार

रुपन्देही व्यापार संघको अध्यक्षमा प्रकाश ढकाल सर्वसम्मत चयन

रुपन्देही व्यापार संघको अध्यक्षमा प्रकाश ढकाल सर्वसम्मत चयन

बिहिवार, मंसिर ५ २०८२
बिहिवार, मंसिर ५ २०८२
  • बुटवल। करिब २५०० भन्दा बढी व्यवसायी सदस्य रहेको रुपन्देही व्यापार संघ, बुटवलको नयाँ नेतृत्व अन्ततः सहमतिको आधारमा चयन भएको छ। प्रारम्भिक तयारीअनुसार शनिबार निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्ने योजना थियो। तर अन्तिम चरणमा दुवै पक्षबीच कडा प्रतिस्पर्धा हुने आकलन भएकाले संस्थाभित्र नकारात्मक सन्देश नजाओस् भन्ने उद्देश्यले निर्वाचन समितिले सहमतिमै नेतृत्व बनाउन पहल गरेको थियो।

    सोहीक्रममा पूर्व जनप्रतिनिधि टंक पराजुलीको संयोजकत्वमा गठन भएको कार्यदलले दुई पक्षबीच संवाद अगाडि बढाउँदै सहमतिको वातावरण सिर्जना गरेको थियो। एक निवर्तमान सदस्यका अनुसार संघमा मुख्यतः नेकपा एमाले निकट व्यवसायीहरूको प्रभाव रहेकाले पार्टी तहबाट पनि सहमति निर्माणमा महत्वपूर्ण पहल भएको बताइन्छ।

    आखिरमा दुवै समूहबाट उम्मेदवारी फिर्ता भएपछि नयाँ कार्यसमिति सर्वसम्मत रूपमै चयन गरिएको हो।

    नयाँ कार्यसमिति

    अध्यक्ष : प्रकाश ढकाल

    वरिष्ठ उपाध्यक्ष : दयानिधि भण्डारी

    प्रथम उपाध्यक्ष : ऋषि राम पाण्डे

    द्वितीय उपाध्यक्ष : मनहरी बस्याल

    महासचिव : प्रकाश पौडेल

    सचिव : जयलाल न्यौपाने

    महिला सचिव : बृन्दा आचार्य

    सह–सचिव : नलराज नेपाल

    कोषाध्यक्ष : अर्जुन भट्टराई

    सह–कोषाध्यक्ष : जीव नारायण घिमिरे

    यसअघि प्रकाश ढकाल र दयाराम भण्डारी नेतृत्वमा छुट्टाछुट्टै समूह परिचालित भई प्रचार–प्रसार समेत तीव्र बनाइएको थियो। तर सहमतिमै नेतृत्व चयन गर्ने वातावरण निर्माण भएपछि दुवै पक्षका उम्मेदवारले उम्मेदवारी फिर्ता लिँदै निर्वाचन प्रक्रिया स्थगित गरिएको हो।

    महासचिव प्रकाश पौडेललगायत केही पदाधिकारी भने पहिले नै निर्बिरोध भइसकेका थिए।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij