२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • विप्लवका हातमा अब बन्दुक होइन, गुलाफ...
समाचार

विप्लवका हातमा अब बन्दुक होइन, गुलाफ : राजनीतिमा अनौठो संयोग

विप्लवका हातमा अब बन्दुक होइन, गुलाफ : राजनीतिमा अनौठो संयोग

बुधवार, मंसिर ४ २०८२
बुधवार, मंसिर ४ २०८२
  • बुटवल । राजनीतिमा कहिलेकाहीँ अनौठा संयोग जुरिरहेका हुन्छन्। हिजो बन्दुक बोकेको भूमिगत राजनीतिक जीवन बिताएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज राजनीतिक यात्राको नयाँ मोडमा गुलाफको फुलसँग जोडिएका छन्। अब उनका हातमा बन्दुक होइन, प्रेम र परिवर्तनको प्रतीक मानिने गुलाफको फुल देखिन थालिएको छ।

    विप्लवको जीवनयात्रामा अर्को रोचक संयोग पनि चर्चाामा छ। जनयुद्धकालमा प्रयोग भएको नाम, त्यस समयको भूमिगत संघर्ष, र तत्कालीन माओवादी आन्दोलनको बिरासत जोगाउने जिम्मेवारी फेरि एकपटक उनीकै हातमा आएको टिप्पणी राजनीतिक वृतमा भइरहेको छ। हिजोको भूमिगत लडाइँ अब खुलेको राजनीतिक प्रतिस्पर्धामा प्रवेश गरेको विश्लेषकहरूको बुझाइ छ।

    नेपालको तत्कालीन माओवादी आन्दोलनमा प्रमुख भूमिकामा रहेका र पछिल्ला वर्षहरूमा पृथक संगठन निर्माण गरेका विप्लवले पछिल्लो समय राजनीतिक मूलधारमा सक्रियता बढाएका छन्। त्यसक्रममा बन्दुकको प्रतीकबाट टाढिंदै गुलाफको प्रतीकमा उभिनु उनको राजनीतिक शैलीमा आएको परिवर्तनको संकेतका रूपमा हेरिएको छ।

    राजनीतिमा यस्तो प्रकारका संयोगले नेतृत्वको रूपान्तरण, विचार परिवर्तन र समयक्रमअनुसार राजनीतिक यात्रामा आउने उतार–चढावलाई स्पष्ट पार्ने धेरै राजनीतिक विश्लेषकहरूको तर्क छ।

    विप्लवको खुला राजनीततर्फको प्रतिबद्धता र परिवर्तनशील छविलाई लिएर पार्टीभित्र र बाहिर दुवै क्षेत्रमा चासो बढेको देखिन्छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij