बुटवल ।श्री रुपन्देही डेरी व्यवसायी समितिले आफ्नो १७ औं स्थापना दिवसको अवसरमा सोमबार बुटवलमा भव्य रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उत्साहजनक सहभागिता रहेको आयोजक समितिले जनाएको छ।
कार्यक्रममा प्रमुख अतिथि चौहानसहित डेरी व्यवसायी समितिका सल्लाहकार तथा पदाधिकारीहरुले रक्तदानको महत्व, आवश्यकता र यसले समाजमा पुर्याउने योगदानबारे प्रकाश पारे।
रक्तदान कार्यक्रममा ५१ प्वाइन्ट रगत संकलन भएको समितिले जानकारी दिएको छ।
समितिका अध्यक्ष बिष्णु प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव यामप्रसाद शर्माले गरेका थिए भने कार्यक्रमको संयोजक पदम प्रसाद पौडेल रहेका थिए। कार्यक्रमको प्राविधिक सहयोग रक्तसञ्चार केन्द्र बुटवलले प्रदान गरेको थियो।
रुपन्देही डेरी व्यवसायी समितिले यस अघि पनि विभिन्न सामाजिक तथा मानविय सेवामुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।
