२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • देशभर एमालेको शक्ति प्रदर्शन, बुटवलमा बृहत्...
समाचार

देशभर एमालेको शक्ति प्रदर्शन, बुटवलमा बृहत् विरोध

देशभर एमालेको शक्ति प्रदर्शन, बुटवलमा बृहत् विरोध

संसद पुनःस्थापना र सर्वपक्षीय सरकार गठनको माग

शनिवार, कार्तिक ३० २०८२
शनिवार, कार्तिक ३० २०८२
  • बुटवल— प्रतिनिधि सभा विघटनका विरुद्ध र सर्वपक्षीय सरकार गठनको मागसहित नेकपा (एमाले) ले शनिबार देशव्यापी शक्ति प्रदर्शन गरेको छ। ७७ वटै जिल्लामा आयोजित प्रदर्शनमार्फत एमालेले विघटित संसद तत्काल पुनःस्थापना गर्नुपर्ने र कार्की नेतृत्वको वर्तमान सरकार असंवैधानिक भएको आरोप लगाउँदै खारेजीको माग उठाएको हो।

    यसअघि वडा–वडामा भेला र पालिकास्तरका तयारी–सभा गर्दै आएको एमालेले आज एकसाथ सडकमा उत्रिएर सरकारविरुद्ध दबाब निर्माण गरेको थियो।

    बुटवलमा र्याली सहित बृहत् जनसभा

    रुपन्देहीको बुटवलमा आयोजित विशाल र्याली तथा विरोधसभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्माले संसद पुनःस्थापना अब अपरिहार्य बनेको बताए।

    असंवैधानिक तरिकाले निर्माण गरिएको कार्की नेतृत्वको सरकार तात्काल हट्नैपर्ने दाबी गर्दै उनले सबै देशभक्त राजनीतिक शक्तिहरू मिलेर सर्वपक्षीय सरकार गठन गर्नुपर्नेमा जोड दिए।

    नेता विश्वकर्माले देशी–विदेशी शक्तिहरू एमालेविरुद्ध सक्रिय रहेको दाबी गर्दै “एमालेको शक्ति कमजोर छ भन्ने भ्रम नबनाउन” चेतावनी दिए।

    उनले एमालेलाई जेनजी पुस्ताका न्यायोचित माग सम्बोधन गर्न पूर्ण तयारी रहेको उल्लेख गर्दै भदौ २३/२४ को घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग दोहोर्याए।

    देशलाई "अन्तर्राष्ट्रिय खेलमैदान" बनाउन खोजिएको आरोप लगाउँदै उनले त्यसबाट जोगिन पनि संसद पुनःस्थापना आवश्यक रहेको बताए।

    अन्य नेताहरूको सम्बोधन

    उक्त जनसभामा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरी,  युवा नेता  राजु गुरुङ, सुमन पुरी लगायतका नेताहरूले वर्तमान सरकारको असंवैधानिकतामाथि प्रश्न उठाउँदै एमालेको आन्दोलनलाई निर्णायक मोडतर्फ उन्मुख गराउन आह्वान गरेका थिए।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij