२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • बुटवल हस्पिटल प्रालि द्वारा बृहत्...
समाचार

बुटवल हस्पिटल प्रालि द्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

बुटवल हस्पिटल प्रालि द्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

१०१ युनिट रगत संकलन, स्थानीयको उत्साहजनक सहभागिता

शुक्रवार, कार्तिक २९ २०८२
शुक्रवार, कार्तिक २९ २०८२
  • बुटवल। रगत अभावले प्रदेशभरै उपचार प्रभावित भइरहेका बेला बुटवल हस्पिटल प्रा.लि.ले शनिवार आयोजना गरेको बृहत् रक्तदान कार्यक्रम उल्लेखनीय रूपमा सफल भएको छ। विश्व मधुमेह दिवसको अवसर पारेर गरिएको कार्यक्रममा अस्पताल परिसरमै १०१ युनिट रगत संकलन भएको मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण प्रसाद खनालले जानकारी दिनुभयो।

    रक्त अभाव ‘गम्भीर’ स्तरमा पुगेको तथ्यांक प्राप्त भएपछि अस्पतालले वार्षिक कार्ययोजनाबाहिरै तुरुन्तै आकस्मिक रक्तदान कार्यक्रम सुरु गरेको हो। कार्यक्रमको उद्घाटन गर्दै अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले सामाजिक उत्तरदायित्वअनुसार समुदायप्रति हस्पिटलले लगातार योगदान दिइरहेको उल्लेख गर्दै भने, “एउटा पोका रगतले पनि जीवन बचाउन सक्छ। रक्तदानलाई हाम्रो सबैको साझा दायित्वका रूपमा लिनुपर्छ।”

    कार्यक्रममा उपाध्यक्ष ललित प्रसाद खरेल, सचिव मोहन प्रसाद पाण्डे, वरिष्ठ फिजिसियन डा. नन्दु प्रसाद पाठक, रक्तसञ्चार केन्द्रकी प्रमुख राधा शर्मा, स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहानलगायतले रगतको खाँचो, यसको जीवनरक्षक महत्व र नियमित रक्तदान संस्कृतिबारे धारणा व्यक्त गरेका थिए।

    अस्पतालका चिकित्सकदेखि कर्मचारी, बिरामीका आफन्तदेखि स्थानीय शुभेच्छुकसम्मले उत्साहपूर्वक सहभागिता जनाएका कारण कार्यक्रम वातावरण नै उत्साहपूर्ण बनेको थियो। कार्यक्रम रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न भयो।

    २५ वर्षअघि स्थापना भएको बुटवल हस्पिटल प्रा.लि.मा हाल करिब ३ सय कर्मचारी कार्यरत छन्। दक्ष जनशक्ति, अत्याधुनिक उपकरण तथा सुविधा सम्पन्न पूर्वाधारका कारण अस्पताल यस क्षेत्रमा विश्वासिलो, छिटो र प्रभावकारी स्वास्थ्य सेवा प्रदायक संस्थाका रूपमा स्थापित हुँदै आएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij