२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • बुटवलमा पाँचतारे ‘होटल ह्यात प्लेस’ —...
समाचार

बुटवलमा पाँचतारे ‘होटल ह्यात प्लेस’ — साढे ३ अर्ब लगानीको गौरवमय परियोजना

बुटवलमा पाँचतारे ‘होटल ह्यात प्लेस’ — साढे ३ अर्ब लगानीको गौरवमय परियोजना

आइतवार, कार्तिक २४ २०८२
आइतवार, कार्तिक २४ २०८२
  • बुटवल, कात्तिक २३ —बुटवलमा पहिलो पाँचतारे स्तरको होटल ह्यात प्लेस सञ्चालनमा आएपछि लुम्बिनी प्रदेशको आर्थिक केन्द्र बुटवलले पर्यटन क्षेत्रमा नयाँ अध्याय सुरु गरेको छ।

    शनिबार होटलको विशेष सुभारम्भ  कार्यक्रम सम्पन्न गरेपछि, आइतबार होटल परिसरमै पत्रकार सम्मेलन गरी सञ्चालक समूहले यस परियोजनाका चुनौती र सम्भावनाबारे विस्तृत जानकारी दिएको छ।

    पत्रकार सम्मेलनमा होटल सञ्चालक समूहका अध्यक्ष चुन्नुप्रसाद पौडेलले भने, “देशको विषम आर्थिक परिस्थितिका कारण होटल सञ्चालनमा चुनौतीहरू थपिएका छन्। तर यो यस क्षेत्रकै गौरवमय आयोजना भएकाले सबै पक्षबाट रचनात्मक सहयोगको अपेक्षा गर्दछौं।”

    पौडेलले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई नियमित सञ्चालनमा ल्याउन सरकारसँग माग गर्दै भने, “यी पूर्वाधारहरू सक्रिय भएमा ह्यात प्लेस मात्र होइन, सम्पूर्ण प्रदेशको पर्यटन र व्यापारिक सम्भावना फस्टाउनेछ।”

    उनले होटल बुटवललाई प्रदेश राजधानीको रूपमा रहेको अवधारणाबाट प्रेरित भएर योजना बनाइएको बताउँदै राजधानी सरेपछि थप प्रशासनिक र लगानी चुनौती देखिएको उल्लेख गरे।

    पौडेलका अनुसार, “होटलबाट बढी नाफा कमाएर पैसा जम्मा गर्ने उद्देश्य होइन, सामाजिक उत्तरदायित्व पूरा गर्ने लक्ष्य हो।”

    उनले सामाजिक योगदानका क्रममा करिब ४० लाख रुपैयाँ खर्च गरेर सामुदायिक सडक कालोपत्रे गरिएको जानकारी पनि दिए। “होटल सञ्चालनमा सकेसम्म स्थानीय जनशक्तिलाई प्राथमिकता दिने नीति हामीले अपनाएका छौं,” पौडेलले जोड दिए।

    सञ्चालक तथा जनप्रतिनिधि नरिश्वर पौडेलले ह्यात समूहले धेरै सामाजिक कार्यमा अग्रसर रहँदै आएको उल्लेख गर्दै भने, “यो होटल सफल भयो भने प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हजारौंले लाभ लिनेछन्, साथै राष्ट्रिय अर्थतन्त्रमा पनि ठूलो टेवा पुग्नेछ।”

    साढे ३ अर्ब लगानीको पहिलो पाँचतारे होटल

    बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि २५ कट्ठा क्षेत्रफलमा बनेको १० तले भवनमा रहेको होटलमा १ सय ९ कोठा छन्। होटलमा एकैपटक २५० पाहुना बस्न सक्ने सुविधा छ।

    लगानीकर्तामध्ये ६५ प्रतिशत बैंक ऋण र बाँकी ३५ प्रतिशत ६ जना सञ्चालकहरूको संयुक्त लगानी रहेको छ।

    सञ्चालकहरूमा चुन्नुप्रसाद पौडेल, कमलकिशोर मालपानी, नरिश्वर शर्मा पौडेल, भूमिराज पौडेल लगाएतका व्यवसायीहरु रहेका छन् ।

    प्रदेशको पर्यटन र अर्थतन्त्रमा प्रभाव

    विश्लेषकहरूको भनाइमा, होटल ह्यात प्लेसले लुम्बिनी, तिलौराकोट र रामग्रामजस्ता ऐतिहासिक स्थलहरूमा आउने पर्यटकलाई बुटवलमा उच्चस्तरीय सेवा दिनेछ। यसले लुम्बिनी प्रदेशलाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्रको रूपमा परिचित गराउने अपेक्षा गरिएको छ।

    सम्मेलन, व्यापारिक भेटघाट र वैदेशिक पाहुनाको प्रवासका लागि अब बुटवल प्रमुख गन्तव्यका रूपमा उदाउने विश्वास गरिएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij