२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • देशभर विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीको मसाल...
समाचार

देशभर विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीको मसाल जुलुस :

देशभर विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीको मसाल जुलुस :

बुटवलमा सयौंको सहभागितासहित कालिका चोकमा मशाल जुलुस सम्पन्न, कार्तिक २० गते काठमाडौंमा बृहत् जनसभा हुने

शनिवार, कार्तिक १६ २०८२
शनिवार, कार्तिक १६ २०८२
  • बुटवल, कार्तिक १५ ।  विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी नेपालले देशव्यापी रूपमा   शनिबार साँझ मसाल जुलुस सम्पन्न गरेको छ।

    जेन–जेड आन्दोलनपछि नेपालमा परम्परागत संसदीय व्यवस्थाको औचित्य समाप्त भएको ठहर गर्दै पार्टीले देशभरका प्रमुख सहरमा प्रदर्शन गरेको हो।

    बुटवलमा आयोजित कार्यक्रम कालिका चोकबाट सुरु भई नगरका विभिन्न भाग परिक्रमा गर्दै सम्पन्न गरिएको थियो।

    जुलुसको नेतृत्व पार्टीका केन्द्रीय सदस्य शरद ओलीले गरेका थिए। उक्त कार्यक्रममा सयौं कार्यकर्ता तथा स्थानीय जनसमुदायको उल्लेख्य सहभागिता रहेको थियो। यसैगरी भैरहवा लगाएत रुपन्देहीका विभिन्न क्षेत्रहरुमा समेत मशाल जुलुस सम्पन्न भएको केन्द्रीय सदस्य शरद वलीले बताएका छन् ।

    जुलुसमा सहभागीहरूले “भ्रष्टाचार अन्त्य गर”, “सर्वपक्षीय सरकार गठन गर”, “जनताको स्वाभिमान र स्वतन्त्रता कायम गर” जस्ता नाराहरू मुखरित गरेका थिए।

    पार्टीले तत्कालीन संसदवादी दलहरू जनतामाथि बोझ बनेको आरोप लगाउँदै भ्रष्ट नेताहरूलाई कारबाही र जनमुखी शासन प्रणालीको स्थापना माग गरेको छ।

    कम्युनिस्ट पार्टी नेपालले यसअघि पनि देशभरका जिल्लामा विभिन्न जनप्रदर्शन र जनसंवाद कार्यक्रम सञ्चालन गर्दै आएको छ।

    पार्टीका अनुसार यहीँ कार्तिक २० गते काठमाडौंमा बृहत् जनसभा आयोजना गरिँदैछ, जसमा आगामी राजनीतिक कार्यक्रम र जनअभियानको खाका सार्वजनिक गरिने बताइएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij