२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
कम्युनिस्ट पार्टी नेपाल

'कम्युनिस्ट पार्टी नेपाल' निर्वाचन आयोगमा दर्ता

'कम्युनिस्ट पार्टी नेपाल' निर्वाचन आयोगमा दर्ता

नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयाेगमा पार्टीको नाम कम्युनिस्ट पार्टी नेपाल प्रस्ताव गरेकाे छ । नेकपाले यो प्रस्तावलाई पार्टीबाट अनुमोदन गराएर निर्वाचन आयोगमा दल दर्ताका लागि प्रवक्ता प्रकाण्ड सीलगायत नेताहरू पुगेका हुन् ।

मंगलवार, कार्तिक १२ २०८२
मंगलवार, कार्तिक १२ २०८२
  • नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयाेगमा पार्टीको नाम कम्युनिस्ट पार्टी नेपाल प्रस्ताव गरेकाे छ । नेकपाले यो प्रस्तावलाई पार्टीबाट अनुमोदन गराएर निर्वाचन आयोगमा दल दर्ताका लागि प्रवक्ता प्रकाण्ड सीलगायत नेताहरू पुगेका हुन् ।

    प्रतिनिधि सभाको चुनाव आगामी फागुन २१ गतेका तय भएको छ । त्यसका लागि दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने समयसीमा यही कात्तिक ३० गतेसम्म छ । त्यसअघि नेकपाले दल दर्ताको निवेदन दिएकाे हो ।

    प्रवक्ता प्रकाण्ड सीले झण्डै ११ वर्षदेखि नेकपाले देश र जनताको पक्षमा काम गरिरहेको बताउदै जनताको चाहनालाई कुनै अवरोध विना फैसला गर्न पाउने विधि भनेको निर्वाचन नै रहेको बताए । उनले भने- ‘नेपालको राजनीतिक आन्दोलनमा, परिवर्तनको आन्दोलनमा, क्रान्तिको आन्दोलनमा नयाँ दृष्टिकोणसहित नयाँ नीति अघि सारेर हामीले जनताको आफैं अधिकारको कुरा, जनताको मुद्दाको कुरा, सिस्टमको कुरा, चाहनाको कुरालाई आफैं फैसला गर्ने सबैभन्दा प्रजातान्त्रिक विधि र त्यो विधिमा जनतालाई अवरोधबिना फैसला गर्न पाउने विधि भनेको निर्वाचनको विधि हो, हाम्रा विगतका आफ्ना अनुभव पनि छन् । अहिलेको आवश्यकतालाई नीतिलाई जनताको माग अनुसार वस्तुस्थिति अनुसार आफूलाई नयाँ ठाउँमा उभ्याउनुपर्नेछ ।’

    प्रवक्ता प्रकाण्ड सीले जेनजी आन्दोलनपछि परिस्थिति फरक भएको तथ्य प्रस्तुत गर्दै फागुन २१ को निर्वाचनमा भएका जटिलताका बिचमा आफुहरु दल दर्ता गर्न आएको बताए । उनले देश र जनताको आवश्यकता र हितलाई केन्द्रमा राखेर आफुहरु आयोगमा दल दर्ता आएको बताउदै आफुहरु आयोगमा आएर दल दर्ता गर्ने प्रक्रियामा आउनु ऐतिहासिक भएको र यसले निर्वाचन समयमा हुने र देशमा चुनावको माहोल बन्ने बताए ।

    यसैगरी, प्रवक्ता प्रकाण्ड सीले जनताले आफ्नो फैसला आफैले गर्ने एउटा विधि निर्वाचन भएकाले नेकपाले निर्वाचनमा भाग लिन खोजेको बताउदै भने – ‘नयाँ दृष्टि अगाडि सारेर जनताको मुद्दा, सिस्टमको कुरा र जनताको चाहनाका कुरा जनता आफैले फैसला गर्ने एउटा प्रजातान्त्रिक विधिमा निर्विरोध फैसला गर्न पाउने विधि निर्वाचन हो । यद्यपि यसमा हाम्रो अनुभव र सीमाहरू छन् । देश र जनताको माग र अहिलेको वस्तुगत नीति अनुसार राष्ट्रिय पार्टीले विकास गर्नुछ नै ।’

    यसैगरी, सोहि कार्यक्रममा बोल्दै निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले
    आयोगले आगामी फागुन २१ गतेको निर्वाचनमा भाग नलिए राजनीतिक दलहरू मुलुकमा गर्ने राजनीतिक योगदानबाट बहिर्गमन हुने बताए। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij