२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • भ्रष्टाचारको अभियुक्त भन्दै माधवकुमार नेपालका सबै...
पतञ्जलि जग्गा प्रकरण

भ्रष्टाचारको अभियुक्त भन्दै माधवकुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता

भ्रष्टाचारको अभियुक्त भन्दै माधवकुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सबै सुरक्षाकर्मी सरकारले फिर्ता बोलाएको छ। गृहमन्त्रालय स्रोतका अनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट उनको सुरक्षामा खटिएका सबै सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको हो।

मंगलवार, कार्तिक १२ २०८२
मंगलवार, कार्तिक १२ २०८२
  • पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सबै सुरक्षाकर्मी सरकारले फिर्ता बोलाएको छ। गृहमन्त्रालय स्रोतका अनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट उनको सुरक्षामा खटिएका सबै सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको हो।  

    सरकारले यसअघि पूर्वप्रधानमन्त्री नेपाललाई १६ सशस्त्र प्रहरी र २ जना जनपथ प्रहरी दिँदै आएको थियो। नेपाल पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दाका अभियुक्तसमेत रहेकाले सुरक्षाकर्मी फिर्ता गरिएको गृहस्रोतले जनाएको छ। 

    'उहाँ भ्रष्टाचार मुद्दाको अभियुक्त हो। यसै कारणले उहाँलाई सुरक्षा सुविधा नदिने निर्णय भएको हो,' गृह स्रोतले भन्यो, 'तर, उहाँलाई सुरक्षा थ्रेट छ भन्ने लाग्यो भने निवेदन दिन सक्नुहुन्छ। त्यसमा विश्लेषण गरेर सरकारले आवश्यक निर्णय गर्छ।'

    पतञ्जलि जग्गा प्रकरणमा नेपाल ३५ लाख धरौटी रकम बुझाएर रिहा भएका हुन्। यो मुद्दाको फैसला हुन बाँकी छ। सरकारले यसअघि पूर्व तथा बाहलवाला अतिविशिष्ट तथा विशिष्टलाई मापदण्डविपरीत दिँदै आएको सुरक्षाकर्मी फिर्ता बोलाइसकेको छ। यो निर्णयले झन्डै ३ सय सुरक्षाकर्मी फिर्ता भएका छन्।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij