२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
  • समाचार
  • कार्तिक २० गते नेकपाले काठमाडौमा विशाल...
चिनियाँकाजी श्रेष्ठ स्मृति दिवस

कार्तिक २० गते नेकपाले काठमाडौमा विशाल जनसभा गर्ने

कार्तिक २० गते नेकपाले काठमाडौमा विशाल जनसभा गर्ने

देशमा जेनजी आन्दोलनपछि विकसित नयाँ परिस्थितिबारे पार्टीको नयाँ धारणा सार्वजनिक गर्न नेकपाले कार्तिक २० गते काठमाडौंमा विशाल जनसभा गर्ने निर्णय गरेको छ ।

सोमवार, कार्तिक ११ २०८२
सोमवार, कार्तिक ११ २०८२
  • बुटवल । देशमा जेनजी आन्दोलनपछि विकसित नयाँ परिस्थितिबारे पार्टीको नयाँ धारणा सार्वजनिक गर्न नेकपाले कार्तिक २० गते काठमाडौंमा विशाल जनसभा गर्ने निर्णय गरेको छ । 

    विशाल जनसभालाई नेकपाका महासचिव विप्लवलगायत विभिन्न शीर्ष नेताहरु, वाम तथा देशभक्त बुद्धिजीवीहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । २००७ सालको प्रजातान्त्रिक आन्दोलनलाई दिल्ली सम्झौतामार्फत् धोका दिएपछि विद्यार्थी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिद चिनियाँकाजी श्रेष्ठ स्मृति दिवसको सन्दर्भमा नेकपाले जनसभा गर्ने तयारी गरेको हो । 

    नेकपाको केहीदिन अगाडी बसेको विशेष केन्द्रीय समितिको बैठकले नेपालमा संसदीय व्यवस्थाको औचित्य समाप्त भएको, नेपाली विशेषताको समाजवादको आधार तयार भएको, अमेरिकी भूमण्डलीकृत साम्राज्यवाद र उसले परिचालन गरेको दलाल र नेपाली जनताबीच मुख्य अन्तरविरोध रहेको, नेपालको स्वाधीनता, अखण्डता सर्वाधिक खतरामा भई देश युक्रेन र सिरियाको बाटोमा अगाडी बढेकोले नेपाल नयाँ राजनीतिक कोर्षमा प्रवेश गरेको निष्कर्ष निकालेको थियो । 

    जनसभामा दशौं हजार जनताको सहभागिता रहनेछ भने सामना सांस्कृतिक परिवारको क्रान्तिकारी र देशभक्त गीतसंगीतहरुको प्रस्तुति समेत रहनेछ । यसअघि नेकपाले विभिन्न संघर्षको कार्यक्रमहरु समेत तय गरेको छ । 

    FB_IMG_1728018633708.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij