२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक...
समाचार

विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक सुरु, राजनीतिक प्रतिबेदन पेस

विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक सुरु, राजनीतिक प्रतिबेदन पेस

आइतवार, आश्विन २६ २०८२
आइतवार, आश्विन २६ २०८२
  • बुटवल  । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक केन्द्रीय कार्यालय कपिलवस्तुको शिवगढीमा  आजबाट सुरु भएको छ ।

     बैठकमा महासचिव विप्लवले “विशिष्ट परिस्थिति, विशेष कार्यभार” शीर्षकको राजनीतिक प्रतिबेदन प्रस्तुत गर्नुभएको छ ।

    प्रतिबेदनमा हालको राजनीतिक परिस्थिति, जेन–जी विद्रोहका कारण, परिणाम र सम्भावना, देशको राजनीतिक निकासका लागि वैकल्पिक एजेन्डा, पार्टी एकता, आगामी निर्वाचनको तयारी तथा राजनीतिक, आर्थिक र सांस्कृतिक दिशाबारे पार्टीको धारणा समेटिएको जनाइएको छ ।

    पार्टीका केन्द्रीय सदस्यहरूले भोलिदेखि महासचिव विप्लवद्वारा प्रस्तुत प्रतिबेदन तथा प्रस्तावहरूमा विस्तृत छलफल सुरु गर्ने कार्यक्रम रहेको छ ।

     देशको बैकल्पिक शक्तिको दावी गर्ने नेकपाको यस बैठकलाई राजनीतिक वृतमा विशेष चासोका साथ हेरिएको छ । 
    बामपन्थी एकता र आगामी निर्वाचनमा साझा रणनीति तय गर्ने सन्दर्भमा यो बैठक ऐतिहासिक हुने अपेक्षा गरिएको छ ।

    यसअघि स्थायी समिति बैठकमार्फत एजेन्डा तय गरिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij