२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • भारत–चीन सम्झौतामार्फत सीमा व्यापार पुनः सुरु...
समाचार

भारत–चीन सम्झौतामार्फत सीमा व्यापार पुनः सुरु गर्ने सहमति प्रति नेकपाको आपत्ति

भारत–चीन सम्झौतामार्फत सीमा व्यापार पुनः सुरु गर्ने सहमति प्रति नेकपाको आपत्ति

बिहिवार, भाद्र ५ २०८२
बिहिवार, भाद्र ५ २०८२
  • ५ भदौ २०८२ ।भारत र चीनबीच हालै सम्पन्न वार्तामा गरिएको १२ बुँदे सहमतिमा नेपालका भौगोलिक क्षेत्रसँग सम्बन्धित विषय समेटिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आपत्ति जनाएको छ।

    नेकपाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै चीनियाँ विदेश मन्त्री वाङ यी र भारतीय विदेश मन्त्री एस. जयशंकरबीच भएको सहमतिमा लिपुलेक, लिम्पियाधुरा, नाझुल पास र शिप्कीला पासमार्फत सीमा व्यापार पुनः सुरु गर्ने निर्णय नेपाल र नेपाली जनताप्रति गम्भीर आघात भएको जनाएको छ।

    विज्ञप्तिमा भनिएको छ– “नेपालको सार्वभौमिकता र अखण्ड भूभागलाई मिचेर भारत–चीनबीच भएको सहमति अस्वीकार्य छ। नेपाली जनतालाई जानकारी बिना यस्ता सम्झौता हुनु प्रत्यक्ष हस्तक्षेपकारी र औपनिवेशिक प्रवृत्ति हो।”

    पार्टीले नेपाल सरकारलाई तत्काल पहल गर्दै भारत र चीनसँग गरिएको सो सहमति खारेज गर्न जोडदार माग समेत गरेको छ। साथै, नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि आक्रमण गर्ने प्रयासलाई आफूहरूले कडा विरोध गर्ने चेतावनी दिएको छ।

    नेकपाले दुई देशबीच गरिएको सम्झौतालाई अत्यन्तै गम्भीर र राष्ट्रियताको सवालमा आपत्तिजनक भन्दै जनतालाई सचेत रहन आह्वान गरेको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij