गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका ३ नं. वडा कार्यालय र मिलीजुली आमा समूहको आयोजनामा पर्यटकीय क्षेत्र मसिना दहमा तीज कार्यक्रम सम्पन्न भएको छ ।
तीज कार्यक्रममा ८ वटा समूहको सहभागिता रहेको वडा अध्यक्ष जितु तरामु मगरले बताए । कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीकी सदस्य नरमाया रानाले तीजलाई आधुनिकताका नाममा भड्किलो बनाउन नहुने बताउदै तीजको किम्बन्दतीबारे बताएकी थिइन् ।
३ नं. वडाका महिला सदस्य प्रेमा विक गाहाले कार्यक्रमको अध्यक्षता गरेकी थिइन् । तीज कार्यक्रममा ३ वडा अन्तर्गत साविकका वडाहरु दाङ्सिङ्गा, गाउँडाँडा, कुरह, सिङ्दी, पल्लोखोला, कुट्डाँडा, थुम्का र लिम्घाका दिदीबहिनीहरुको सहभागिता रहेको थियो ।
वडा कार्यालयले सहभागि समूहरुलाई नगद र प्रमाणपत्र वितरण गरेको थियो । तीज कार्यक्रमको सन्दर्भमा बाँसको लिङ्गे पिङ समेत राखिएको थियो । परम्परागत पिङ भएकोले सहभागीहरुको भीड रहेको थियो ।
https://www.facebook.com/share/v/1ByJoXctAW/
