२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • पर्वत रुपन्देही सेवा समाज देवदह नगर...
समाचार

पर्वत रुपन्देही सेवा समाज देवदह नगर समितिद्वारा तीज मिलन कार्यक्रम सम्पन्न

पर्वत रुपन्देही सेवा समाज देवदह नगर समितिद्वारा तीज मिलन कार्यक्रम सम्पन्न

पर्वत रुपन्देही सेवा समाज अब सामाजिक रुपान्तरणको नेतृत्व गर्नेछ : अध्यक्ष शर्मा

शनिवार, श्रावण ३२ २०८२
शनिवार, श्रावण ३२ २०८२
  • देवदह — “पर्वत रुपन्देही सेवा समाज अब सामाजिक रुपान्तरणको नेतृत्व गर्ने मोडमा प्रवेश गर्नुपर्छ,” समाजका केन्द्रीय अध्यक्ष तथा प्रमुख अतिथि रामकृष्ण शर्माले तीज मिलन कार्यक्रममा उद्घोष गर्नुभयो। उहाँले रुपन्देहीमा रहेका सबै पर्वतेलीलाई एकजुट भई सामाजिक कार्यमा लाग्न आग्रह गर्दै, तीज पर्वले विगतमा महिलामाथि हुने विभेद, शोषण र दमनविरुद्ध गीतमार्फत प्रतिरोध गर्ने ऐतिहासिक भूमिका खेलेको स्मरण गर्नुभयो   । साथै, समाजले कठिनाइ र विपत्तिमा परेकालाई निरन्तर सहयोग गर्दै आएको तथ्य पनि उल्लेख गर्नुभयो।

    पर्वत रुपन्देही सेवा समाज देवदह नगर समितिद्वारा आयोजित उक्त तीज मिलन कार्यक्रममा ६ सयभन्दा बढी महिला चेलीबेटीको उत्साहपूर्ण सहभागिता रहेको थियो। कार्यक्रममा समाजको भूमिकाबारे चर्चा गर्दै अध्यक्ष शर्माले यसको पहिचान अझ सुदृढ बनाउन सबै सदस्यहरू सक्रिय रहनुपर्नेमा जोड दिनुभयो।

    कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष भिमलाल काफ्लेले गर्नुभयो। स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष सूर्यकान्त रेग्मीले प्रस्तुत गर्नुभयो। अध्यक्ष काफ्लेले तीज कार्यक्रमको उद्देश्यबारे विस्तृत जानकारी दिँदै सहयोगदाताप्रति आभार व्यक्त गर्नुभयो।

    सल्लाहकार वासुदेव रिमालले देवदहमा समाजले छुट्टै पहिचान बनाउन सफल भएको र सुख–दुखमा सहयोगीको रूपमा स्थापित हुँदै गएको धारणा राख्नुभयो। निवर्तमान नगर अध्यक्ष दिनानाथ सापकोटाले समाजले छरिएका पर्वतेलीलाई एकताबद्ध बनाउन गरेको भूमिकाको प्रशंसा गर्नुभयो।

    साबित्रा बस्याल, यम कुमारी भुषाल लगाएतले   शुभकामना मन्तव्य राख्नुभयो। कार्यक्रमको सञ्चालन सचिव यमलाल पौडेलले गर्नुभयो। कार्यक्रममा सहयोगदाताहरुलाई सम्मान समेत गरिएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij