२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • पर्वत विकासको संभावना र अवसरबारे काठमाडौंमा...
समाचार

पर्वत विकासको संभावना र अवसरबारे काठमाडौंमा बृहत अन्तरक्रिया

पर्वत विकासको संभावना र अवसरबारे काठमाडौंमा बृहत अन्तरक्रिया

आइतवार, श्रावण २६ २०८२
आइतवार, श्रावण २६ २०८२
  •  काठमाडौं, श्रावण २५ – पर्वत विकास समाज काठमाडौंको आयोजनामा “पर्वतको विकासको संभावना र अवसरको पहिचान” विषयक विशेष विमर्श कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रा.डा. चन्द्र बहादुर श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभयो भने नेपाल सरकारका पूर्व मुख्य सचिव शंकर दास बैरागी, डा. इन्द्र अधिकारी र कुमार भट्टराईले प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्नुभयो।

    कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेश तिमिल्सेना हुनुहुन्थ्यो। साथै संघीय सांसद पदम गिरी,  उद्योग वाणिज्य महासंघका राष्ट्रिय अध्यक्ष्य चन्द्र ढकाल , नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशी, नेकपा (एमाले) नेतृ कल्पना चापागाईं, एमाले नेता विकास लंसाल, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य नीलकण्ठ तिवारी, एकीकृत समाजवादीका पोलिट ब्यूरो सदस्य विजय गुरुङ, नेका ऋषिकेश तिवारी, नेकपा (एमाले) जिल्ला अध्यक्ष गोविन्द पहाडी, माओवादी केन्द्रका जिल्ला अध्यक्ष उमाकान्त भूर्तेल, फलेवास नगर प्रमुख–उपप्रमुख शोभा क्षेत्री सहित अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

    पर्वत जिल्लाबाट आएका नेपाल सरकार, नेपाली सेना तथा  नेपाल प्रहरीमा  कार्यरत उच्च पदस्थ अधिकारीहरूको समेत उल्लेख्य उपस्थिति रह्यो। कार्यक्रममा करिब २०० जनाको सहभागिता थियो।

    यस अवसरमा पर्वत रुपन्देही सेवा समाजका अध्यक्ष रामकृष्ण शर्माले कार्यक्रम समग्र पर्वतका लागि कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै  सामाजिक संजाल मार्फत  शुभकामना  व्यक्त गर्नु भएको थियोे ।

    निष्कर्षमा, कार्यपत्र, टिप्पणी र फ्लोरबाट आएका सल्लाह–सुझावलाई सम्पादन गरी जिल्लाका सातै पालिकामा बुझाउने, तथा पालिकाले आवश्यक ठानेमा समाजको तर्फबाट स्वयंसेवकको रूपमा योजना तर्जुमा र कार्यान्वयनमा सहयोग गर्ने निर्णय भएको छ।

    समाजका अध्यक्ष नारायण काफ्लेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव ओम शर्मा चापागाईंले गर्नुभयो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij