२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • नेपालमै प्रथम: कान्ति माविका प्रज्वल पन्थीलाई...
समाचार

नेपालमै प्रथम: कान्ति माविका प्रज्वल पन्थीलाई बुटवल उपमहानगरको विशेष सम्मान

नेपालमै प्रथम: कान्ति माविका प्रज्वल पन्थीलाई बुटवल उपमहानगरको विशेष सम्मान

३.९६ GPA सहित नेपाल टप हुने प्रज्वललाई नगर प्रमुखको हातबाट सम्मान, ६८७ विद्यार्थीले ल्याए उत्कृष्ट नतिजा

बिहिवार, श्रावण २३ २०८२
बिहिवार, श्रावण २३ २०८२
  • बुटवल, २० साउनकान्ति माध्यमिक विद्यालय बुटवलले माध्यमिक शिक्षा परीक्षा (कक्षा १२) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई विशेष बधाई तथा सम्मान गरेको छ। नेपालमै ३.९६ GPA ल्याएर शीर्ष स्थान हासिल गर्ने विद्यार्थी प्रज्वल पन्थीसहित दर्जनौं विद्यार्थीहरूलाई विद्यालय र नगरपालिकाको तर्फबाट सम्मान गरिएको हो।

    कार्यक्रम बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि पाण्डेले कान्ति माविका विद्यार्थीहरूले राष्ट्रकै गौरव बढाउने गरी उत्कृष्ट सफलता हासिल गरेकोमा बधाई दिँदै भने, “विद्यालयलाई अब क्याम्पस तहसम्म विस्तार गर्नुपर्छ, त्यसका लागि नगरपालिका आवश्यक सहयोग गर्न तयार छ।”

     

    नगर प्रमुखले विद्यालय व्यवस्थापन समितिलाई क्याम्पस स्थापनाका लागि आवश्यक पहल गर्न आग्रह गर्दै जग्गा व्यवस्थापनको लागि  बुटवल उपमहानगरपालिका तयार रहेको  बताए।

     

    कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परिक्षा व्यवस्थापन कार्यालयका  प्रमुख  रमाकान्त तिवारीले कान्ति माविले उच्च ऊर्जा प्राप्त गरेको भन्दै विद्यार्थीहरूको यो सफलताले संस्थाको प्रतिष्ठालाई अझ माथि पुर्‍याउने विश्वास व्यक्त गरे।

     

    विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद ज्ञवालीले विद्यालयले आफ्नो गौरवशाली इतिहास पुनः कायम राख्न सफल भएको भन्दै उत्कृष्ट अंक ल्याउने सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे। उनले उक्त सफलताको श्रेय शिक्षक, कर्मचारी तथा अभिभावकहरूको समर्पणलाई समेत दिए।

     

    विद्यालय व्यवस्थापन समिति सदस्य रामकृष्ण शर्माले विद्यालयको प्रगति पछाडि विगतका अध्यक्षहरू, शिक्षक कर्मचारीहरूको निरन्तर योगदान रहेको उल्लेख गर्दै भौतिक पूर्वाधार निर्माणतर्फ नगरपालिका र सरोकारवालाहरूको ध्यानाकर्षण गराए।

     

    कार्यक्रममा नेपालमै प्रथम हुने प्रज्वल पन्थी (GPA 3.96), दोस्रो हुने प्रवेश ढकाल (GPA 3.95) लगायत उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

     

    सो अवसरमा प्रधानाध्यापक ज्ञवाली, विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई समेत बुटवल नगर प्रमुख पाण्डेले सम्मान गरेका थिए।

     

    माध्यमिक तहको २०८१ सालको परीक्षामा कान्ति माविबाट ९२६ जना सहभागी भएका थिए, जसमध्ये ६८७ जना विद्यार्थीले उत्कृष्ट अंकसहित सफलता प्राप्त गरेका छन्। यो नतिजालाई शिक्षा क्षेत्रका जानकारहरूले विद्यालयको समर्पण र प्रतिबद्धताको प्रतिबिम्बका रूपमा लिएका छन्।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij