२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
  • समाचार
  • 'प्रचण्डले कम्युनिस्ट आदर्शविपरित व्यवहार सच्चाउनुपर्छ' :...
समाचार

'प्रचण्डले कम्युनिस्ट आदर्शविपरित व्यवहार सच्चाउनुपर्छ' : सविन सी

'प्रचण्डले कम्युनिस्ट आदर्शविपरित व्यवहार सच्चाउनुपर्छ' : सविन सी

नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज सविन सीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कम्युनिस्ट आदर्श, मूल्य र मान्यताविपरित व्यवहार सच्चाउनुपर्ने बताएका छन् ।

मंगलवार, श्रावण २१ २०८२
मंगलवार, श्रावण २१ २०८२
  • बुटवल । नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज सविन सीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कम्युनिस्ट आदर्श, मूल्य र मान्यताविपरित व्यवहार सच्चाउनुपर्ने बताएका छन् । 

    माओवादी केन्द्रको स्थायी समितिको बैठकले नेकपासित एकता गर्ने निर्णय सार्वजनिक भएपछि नेता सविनले उक्त कुरा बताएका हुन् । 

    नेता सविन ले भनेको छन्, “सारा कम्युनिस्ट आदर्श ,मुल्य र मान्यतालाई सर्पको काँचुलीजस्तै पछाडी छाडेर जिब्रो चलाएर मात्र एकताको आदर्श पोख्ने,गीत गाउने तर ब्यवहार तिनै आदर्श विपरीत आचरण गर्ने विभ्रान्त तथा अनैतिक बिचार ,व्यवहार र शैली प्रचण्ड कमरेडले सच्याउनै पर्छ।”

    उनले इटालियन कम्युनिस्ट पार्टीका नेता ग्राम्सीको भनाई राख्दै माओवादी केन्द्रले रुपान्तरण विना एकताको कुराले मौखिक उत्साह र फजुल शब्दजालले मान्छेलाइै केवल हँसाउँने र रुवाउँने मात्रै बताएका छन् । 

    उनले नेपालको कम्युनिस्ट आन्दोलनलाई  पुनर्जीवनको जरुरी भैइसकेको सच्चार्इबाट बिमुख हुने र तर्किने नहुने अबको एकता र कम्युनिस्ट पुनर्गठन नयाँ विचार ,नेतृत्व र केन्द्रको उदयवाट मात्र पुर्ण हुने बताएका छन् ।

    उनले त्यसको विकल्प नेकपा र नेतृत्व कमरेड विप्लव रहेको संकेत गरेका छन् । उनले यसतर्फ विना पूर्वाग्रह बहस सुरु हुनुपर्ने बताएका छन् । 

    sabinc.PNG
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij