बुटवल । नेकपाका स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज उमा सीले अवको विकल्प भनेको नेकपा र नेतृत्व कमरेड विप्लव भएको बताएकी छन् । उनले संसदवाद र दलाल पुँजीवादका कारण देश चरम संकटममा परेको बताउदै यो संकटको समाधान प्रतिगमनकारी धार वा यथास्थितिवादी धारबाट सम्भव नभएको बताउदै अग्रगामी धारले नेतृत्व गर्नुपर्ने बताईन् ।
माओवादी केन्द्रले नेकपासित पार्टीको हल्ला चलाएपछि विचार र नेतृत्वबारे संकेत गर्दै उनले विचार र अग्रगामी धारको नेतृत्व नेकपाले मात्र गर्न सक्ने बताइन् । माओवादी केन्द्र विचार र नेतृत्वमा देखिएको संकटका कारण बदनाम हुँदै गएकोतिर संकेत गर्दै उनले नेकपाले विचार, संगठन र विधिमा विकास गरेको बताईन् ।
उनले विश्वलाई नयाँ सन्देश दिन नेकपाको विचार र नेतृत्व नै विकल्प भएको बताएकी छन् ।
