२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • पार्टी 'एकता'बारे माकेसित छलफल नै भएको...
माओवादी केन्द्रले चलाएको हल्लाबारे प्रकाण्डको प्रष्टीकरण

पार्टी 'एकता'बारे माकेसित छलफल नै भएको छैन : प्रवक्ता, प्रकाण्ड

पार्टी 'एकता'बारे माकेसित छलफल नै भएको छैन : प्रवक्ता, प्रकाण्ड

‘हामीले क्रान्तिकारी कम्युनिष्ट पार्टीको कुरा गरेको हो, संसदीय कम्युनिष्ट होइन,’ उनले भने, ‘क्रान्तिकारी कम्युनिष्ट पार्टीका लागि त अहिलेको माओवादी केन्द्र धेरै माथि उठ्नुपर्ने हुन्छ ।’

सोमवार, श्रावण २० २०८२
सोमवार, श्रावण २० २०८२
  • बुटवल । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले 'पार्टी एकता'बारे नेकपा (माओवादी केन्द्र)सँग छलफल नै नभएको बताएका छन् ।

    तीन दिनसम्म चलेको माओवादी केन्द्र स्थायी समिति बैठकले नेकपासँग 'एकता' गर्ने निर्णय गरेको थियो । नेकपासँग 'एकता' गर्ने स्थायी समितिले निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका थिए ।

    प्रवक्ता प्रकाण्डले पार्टी 'एकता'बारे माओवादी केन्द्रसँग कुरा नभएको बताएका छन् ।  ‘माओवादी केन्द्रले पार्टी 'एकता' गर्ने निर्णय गरेको रहेछ, त्यो उनीहरूको कुरा भयो, हामीसँग छलफल गरेर त्यो निर्णय लिइएको भने होइन,’ प्रकाण्डले भने, ‘यो निर्णय एकतर्फी छ ।’

    माओवादी केन्द्रका कारण कम्युनिष्टहरू एकताबद्ध गर्न र ध्रुवीकरण अवरूद्ध भएको छ भनेर नेकपाले अभिव्यक्ति दिएकोले त्यसको जबाफमा माओवादी केन्द्रले पार्टी 'एकता'को निर्णय लिएको हुन सक्ने जिकिर उनले गरे।

    ‘अहिले माओवादी केन्द्रले 'एकता' गरे महेन्द्र राय यादव नेतृत्वको पार्टीसँग एकता होला, नेकपासँग त यसबारे कुरा पनि भएको छैन,’ उनले भने, ‘माओवादी केन्द्रमा हाम्रा पार्टीका केही साथीहरू मिसाउने गरी रणनीति लिएको भए त्यो दिवासपना मात्रै हुनेछ ।’

    माओवादी केन्द्रले पार्टी 'एकता'को निर्णय के उद्देश्यका साथ र के आधारमा गरेको हो भन्ने बुझ्न नसकिएको पनि उनले बताए । ‘त्यो निर्णय हामीसँग सम्बन्धित छैन,’ उनले भने ।

    आफूहरूले सैद्धान्तिक रूपमा कम्युनिष्ट र माओवादीहरू एक हुनुपर्छ, त्यसको आवश्यकता छ भनेर भनिराखेको पनि उनी बताउँछन् ।

    ‘हामीले क्रान्तिकारी कम्युनिष्ट पार्टीको कुरा गरेको हो, संसदीय कम्युनिष्ट होइन,’ उनले भने, ‘क्रान्तिकारी कम्युनिष्ट पार्टीका लागि त अहिलेको माओवादी केन्द्र धेरै माथि उठ्नुपर्ने हुन्छ ।’

    नेकपाका महासचिव विप्लवले हालै प्रचण्डले समाजवादी मोर्चालाई आफ्नो पार्टी विस्तारका लागि प्रयोग गर्न खोजेको भन्दै आपत्ति जनाउदै समाजवादी मोर्चा विघटन गर्नुपर्ने कुरा राखेका थिए । 

    प्रवक्ता प्रकाण्डले अहिले पार्टी एकता भनेर माओवादी केन्द्रले हावामा तीर हानेको उनले टिप्पणी गरे । ‘पार्टी 'एकता'बारे माओवादी केन्द्रको स्थायी समितिको निर्णय हावामा तीर हानेजस्तो छ, हावामा हानेको तीरलाई हाम्रो पार्टीले कसरी लिने, यसबारे छलफल त होला,’ उनले भने, ‘तर यो कुन मक्सदका साथ आएको छ थप बुझ्नुपर्ने हुन्छ ।’

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij