२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • अनेमसंघ क्रान्तिकारीद्धारा बहुबिवाह सम्बन्धी प्रस्तावित कानुन...
समाचार

अनेमसंघ क्रान्तिकारीद्धारा बहुबिवाह सम्बन्धी प्रस्तावित कानुन खारेज गर्न माग

अनेमसंघ क्रान्तिकारीद्धारा बहुबिवाह सम्बन्धी प्रस्तावित कानुन खारेज गर्न माग

खिल नेपाल महिला संघ क्रान्तिकारीले बहुबिबाह गर्ने पाउने गरी कानुन आउन खोजेको भनि सार्वजनिक सञ्चार माध्यममा प्रकाशित समाचारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

शनिवार, श्रावण १८ २०८२
शनिवार, श्रावण १८ २०८२
  • काठमाडौ/ अखिल नेपाल महिला संघ क्रान्तिकारीले बहुबिबाह गर्ने पाउने गरी कानुन आउन खोजेको भनि सार्वजनिक सञ्चार माध्यममा प्रकाशित समाचारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।क्रान्तिकारी अध्यक्ष बन्धु चन्दले शनिबार एक प्रेस बिज्ञप्ति जारी गरी’कानून मन्त्रालयद्वारा बहुबिबाह गर्न पाउने कानूनको मस्यौदा तयार शीर्षकको समाचारप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै बिरोध जनाएको हो।

    संगठनको केन्द्रीय समितिको तर्फबाट जारी बिज्ञप्तिमा “बहुविवाह महिलाहरुको मात्र उत्पीडनको विषय होइन भन्दै यो सामाजिक, पारिवारिक, आर्थिक र सांस्कृतिक हिसावले पनि अनुचित,विभेदकारी र अन्यायपूर्ण छ । यसका विरुद्ध नेपालको महिला आन्दोलनले लामोसमय देखि संघर्ष गर्दै आएको” बताइएको छ।

    महिलामाथि भएका आर्थिक, सामाजिक र राजनीतिक उत्पीडनविरुद्धको लामो संघर्षपछि २०७५ साल भदौ १ गतेदेखि लागु हुने गरी मुलुकी अपराध संहिता अन्तर्गत बहुविवाहलाई निषेध गर्ने कानून निर्माण भएको र अहिले आएर एकाध अवैध घटना र सम्बन्धलाई हवाला दिँदै कानुन मन्त्रालय र नेपाल सरकारद्वारा चालिएको यो कदम महिला हित र अधिकार विरोधी, विभेदकारी, महिला उत्पीडनलाई निरन्तरता दिन खोज्ने, परिवर्तन विरोधी एवम् घोर प्रतिक्रान्तिकारी कदम भएको उल्लेख छ।

    “बहु बिबाह जस्तो गलत प्रथालाई प्रोत्साहित हुने गरी आउन खोजेको कानुनले समाजलाई थप अराजक, स्वईच्छाचारिता र विभेदलाई बढावा दिने हुँदा सम्बन्धित निकायले यसलाई तुरुन्त खारेज गरोस्” भन्ने माग समेत गरिएको छ।

    पटक पटक महिलाहरुलाई अपमानित गर्ने, अधिकारविहिन बनाउने खालका कानुनहरु बनाउने अभिव्यक्तिहरु निरन्तर आईरहेको सन्दर्भलाई पनि हामी सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं । अन्यथा यस्ता महिलाविरोधि अभिव्यक्ति र क्रियाकलापविरुद्ध सम्पूर्ण महिलाहरु सशक्त आन्दोलनमा उत्रन वाध्य हुनेछन् जारी बिज्ञप्तिमा भनिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij