२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
  • समाचार
  • नेकपा महासचिव विप्लवलाई माओवादी केन्द्रका नेता...
समाचार

नेकपा महासचिव विप्लवलाई माओवादी केन्द्रका नेता सुदन किराँतीद्धारा भेट

नेकपा महासचिव विप्लवलाई माओवादी केन्द्रका नेता सुदन किराँतीद्धारा भेट

नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किराँतीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’सँग भेट गरेर जनयुद्धका पहिलो सहिद दिलबहादुर रम्तेलको तस्बिर दिएका छन्।

शनिवार, श्रावण १८ २०८२
शनिवार, श्रावण १८ २०८२
  • नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किराँतीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’सँग भेट गरेर जनयुद्धका पहिलो सहिद दिलबहादुर रम्तेलको तस्बिर दिएका छन्।

    विप्लव निवास ललितपुरको हरिसिद्धि पुगेर उनले भेट गरेका हुन्। भेटका क्रममा जनयुद्धकाक्रममा जनाएका प्रतिवद्दता सम्झाउँदै रम्तेलको तस्बिर दिएको किराँतीले बताए। २०५१ सालमा माओवादीले थालेको जनयुद्धका क्रममा प्रहरिले रम्तेललाइ गोरखामा हत्या गरेको थियो। 

    माओवादीहरू एक हुनुपर्छ भन्नेमा विप्लव पनि देखिएको समेत किराँतीको भनाइ छ। ‘धारा धारामा छरिएको कम्युनिष्ट आन्दोलनलाई कसरी एकता बद्ध गराउने र देशलाई राजनीतिक निकास कसरी दिने भन्ने कुरामा गम्भीर भएको पाएँ,’ उनले भने, ‘त्यही अनुसारको चिन्ता र दृढता पाएँ। भेटघाट ऊर्जावान र सकरात्मक भयो।’

    526390222_1317965223032302_4672111349375202439_n.jpg
    Foto : Sudan kirati

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij