२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • सवारी चालक अनुमतिपत्रको अवधि अब १०...
समाचार

सवारी चालक अनुमतिपत्रको अवधि अब १० वर्ष हुने

सवारी चालक अनुमतिपत्रको अवधि अब १० वर्ष हुने

सवारी चालक अनुमतिपत्र अर्थात् (लाइसेन्स) को बहाल अवधि १० वर्ष कायम भएको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ ।

शनिवार, श्रावण १८ २०८२
शनिवार, श्रावण १८ २०८२
  • काठमाण्डाै – सवारी चालक अनुमतिपत्र अर्थात् (लाइसेन्स) को बहाल अवधि १० वर्ष कायम भएको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ ।

    विधेयक अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको छ । ऐनको दफा ५४ को उपदफा–३ मा लाइसेन्स बहाल रहने अवधिबारे उल्लेख छ ।

    संशोधित व्यवस्था अनुसार यो अवधि अब १० वर्षको हुने भएको हो । लाइसेन्स नवीकरणबाट मान्य हुने अवधिसमेत अब १० वर्ष पुर्‍याइएको छ । यसअघि नवीकरण हुँदा मान्य हुने अवधि ५ वर्ष थियो ।

    नयाँ व्यवस्था अनुसार सवारी जाँचपास तथा प्रदूषण परीक्षण केन्द्रमा निजी क्षेत्रलाई समेत अनुमति दिने उल्लेख छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij