२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
समाचार

सार्वजनिक ऋण : २६ खर्ब ६९ अर्ब पुग्यो सरकारको ऋण

सार्वजनिक ऋण : २६ खर्ब ६९ अर्ब पुग्यो सरकारको ऋण

नेपाल सरकारले तिर्ने सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब रूपैयाँ पुगेको छ। आर्थिक वर्ष २०८०/८१ को अन्तिमसम्म २४ खर्ब ३८ अर्ब सार्वजनिक ऋण थियो।

मंगलवार, श्रावण १४ २०८२
मंगलवार, श्रावण १४ २०८२
  • नेपाल सरकारले तिर्ने सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब रूपैयाँ पुगेको छ। आर्थिक वर्ष २०८०/८१ को अन्तिमसम्म २४ खर्ब ३८ अर्ब सार्वजनिक ऋण थियो।

    गत आर्थिक वर्षमा दुई खर्ब ३१ अर्ब रूपैयाँ ऋणको दायित्व बढेर २६ खर्ब ६९ अर्ब बढी पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।

    गत वर्ष थपिएको दायित्वमध्ये वास्तविक रूपमा एक खर्ब ५२ अर्ब रूपैयाँ ऋण थपिएको हो। अर्थात् गत वर्ष उठाइएको ऋणको तुलनामा तिरिएको ऋण घटाउँदा एक खर्ब ५१ अर्ब रूपैयाँ बढेको हो। तर, ऋण लिएको विदेशी मुद्राको अधिक मूल्य भएको कारण ६६ अर्ब ९३ करोड रूपैयाँ नेपाललाई थप दायित्व थपिएको छ।

    गत वर्ष सरकारले ५ खर्ब ४७ अर्ब रूपैयाँ ऋण उठाउने लक्ष्य राखेको थियो। यथार्थमा भने ४ खर्ब ५६ अर्ब रूपैयाँ ऋण उठाइएको छ। जसमध्ये आन्तरिक ऋण ३ खर्ब ३० अर्ब उठाउने लक्ष्य राखिएकोमा लक्ष्य बराबरकै उठाइएको छ।

    बाह्य ऋण भने लक्ष्यको ५७ प्रतिशत मात्रै उठाइएको छ। गत वर्ष दुई खर्ब १७ अर्ब उठाउने लक्ष्य राखिएको थियो। तर एक खर्ब ५२ अर्ब रूपैयाँ यस्तो ऋण उठाइएको छ।

    गत वर्ष २ खर्ब ९२ अर्ब रूपैयाँ बराबरको सावा फिर्ता भएको छ। यसमध्ये ४८ अर्ब ५६ करोड वैदेशिक ऋण र आन्तरिक ऋणको २ खर्ब ४३ अर्ब ९१ करोड रूपैयाँ सावा फिर्ता भएको हो।

    हाल सरकारले तिर्नुपर्ने ऋणमध्ये आन्तरिक ऋणको दायित्व १२ खर्ब ६३ अर्ब रूपैयाँ छ। त्यस्तै बाह्य ऋणको दायित्व १४ खर्ब एक अर्ब रूपैयाँ पुगेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij