नेकपाका महासचिव विप्लवले नेकपा एमालेका महासचिव शंकर पोखरेल र माओवादी केन्द्रका बर्षमान पुनसित भेट गरेका छन् ।
माओवादी केन्द्रका नेता बर्षमान पुनसित भने पुनकै अनुरोधमा भेटघाट भएको केन्द्रीय कार्यालयको सचिवालयले बताएको छ ।
दुवै नेताहरुको भेटघाटमा समसामयिक राजनीतिक घटना र कम्युनिस्ट आन्दोलनबारे कुराकानी भएको बताइएको छ ।
पुष्पलाल दिवसको सन्दर्भमा महासचिव विप्लवले देश संकटमा पर्नुको मूलकारण माओवादी नेतृत्व भएको बताएपछि माओवादी धारामा चर्चा भएको थियो । नेकपा माओवादी केन्द्रका युवा नेता जनार्दन शर्माले प्रचण्डको आलोचना गरेपछि उक्त पार्टीभित्र समेत तरङ्ग पैदा भएको छ ।
जनार्दन शर्माले माओवादी केन्द्रभित्र युवा र वैचारिक पुस्ताको नेतृत्व गर्दै प्रचण्ड पक्षको गलत प्रवृत्ति विरुद्ध संघर्ष गर्दै आएका छन् ।
