२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
समाचार

पहाडी भेगमा भारी वर्षाको सम्भावना

पहाडी भेगमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति हुन सम्भावित वर्षाबारे जानकारी दिएको छ।

आइतवार, श्रावण १२ २०८२
आइतवार, श्रावण १२ २०८२
  • मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति हुन सम्भावित वर्षाबारे जानकारी दिएको छ।

    महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार, आज दिनमा: देशका पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईमा हावाहुरी चल्ने सम्भावना छ।

    आज रातमा: कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij