बुटवल । सिरसिरे बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलले कान्ति मावि बुटवलको व्यवस्थापन समितिमा निर्वाचित भएका संस्थाका अध्यक्ष रामकृष्ण शर्मा र सेयर सदस्य मित्र गिरीलाई बधाई तथा सम्मान गरेको छ।
संस्थाको सभाहलमा आयोजित कार्यक्रममा विजयी उम्मेदवारहरुलाई सम्मान गरिएको हो। कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले निर्वाचित चार जना सदस्यमध्ये दुई जना आफ्नै संस्थाबाट विजयी हुनु संस्थाको समेत गौरवको विषय भएको बताए। निर्वाचन प्रक्रियामा सम्पूर्ण सहकारी परिवारले सहयोग गरेको भन्दै अध्यक्ष शर्माले सबैप्रति आभार व्यक्त गरे।
उनले कान्ति माविमा आफ्नो भूमिकामार्फत संस्थाको शिर उच्च राख्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा पनि सेयर सदस्यहरूबाट निरन्तर रचनात्मक सहयोगको अपेक्षा रहेको बताए।
नेपालमा राजनीतिक खिचातानीका कारण १५ महिनादेखि अवरुद्ध रहेको विद्यालय व्यवस्थापन समिति गठनका लागि असार २१ गते निर्वाचन भएको थियो। उक्त निर्वाचनमा स्वतन्त्र प्यानलबाट प्रतिस्पर्धा गरेका अध्यक्ष शर्मा, सेयर सदस्य मित्र गिरी तथा प्यानलका महिला उमेदवार कमला पन्थी र संगिता पोखरेल विजयी भएका थिए।
