२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
कान्ति मावि व्यवस्थापन समिति निर्वाचन

कान्ति माविमा स्वतन्त्र उम्मेदवारहरुको प्रतिबद्धता

कान्ति माविमा स्वतन्त्र उम्मेदवारहरुको प्रतिबद्धता

बुटवलको प्रतिष्ठित सामुदायिक विद्यालय कान्ति माध्यमिक विद्यालयको आगामी २०८२ असार २१ हुने व्यवस्थापन समितिको निर्वाचनका लागी स्वतन्त्र उम्मेदवार खडा भएका छन् ।

मंगलवार, आषाढ १७ २०८२
मंगलवार, आषाढ १७ २०८२
  • बुटवल । बुटवलको प्रतिष्ठित सामुदायिक विद्यालय कान्ति माध्यमिक विद्यालयको आगामी २०८२ असार २१ हुने व्यवस्थापन समितिको निर्वाचनका लागी स्वतन्त्र उम्मेदवार खडा भएका छन् । 

    विद्यालयलाई राजनीतिक हस्तक्षेप मुक्त गर्ने अभियानका साथ उम्मेदवार दिनेहरुमा रामकृष्ण शर्मा, मित्र गिरी, संगीता पोखरेल र कमला पन्थी रहेका छन् । मतदानका लागी रामकृष्ण शर्माको क्र सं. १, मित्र गिरीको क्र सं.८, संगीता पोखरेल क्र.सं. ३ र कमला पन्थीको क्र.सं. १ रहेको छ । 

    उनीहरुले विद्यालयलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउने, गुणस्तरिय र समान शिक्षा दिने, शिक्षालाई सीपमुलक र रोजगारमूलक बनाउने, छात्रवृत्ति र सुरक्षित यातायातको व्यवस्था गर्ने, विद्यालयलाई पारदर्शी र सुसाशन कायम गर्ने, विद्यालयलाई देशकै नमुना बनाउने, आधुनिक प्रविधिमैत्री शिक्षण सिकाईको वातावरण गराउने, क्याम्पस तहसम्मको कक्षा संचालन गर्ने र नजिकका सामुदायिक विद्यालयलाई मर्ज गर्ने आदि प्रतिबद्धता गरेका छन् । 

    उनीहरुले यी प्रतिबद्धताहरु पूरा गर्नका लागी स्वतन्त्र र जनपक्षीय उम्मेदवारहरुलाई मतदान गरी विजय गराउन अभिभावकसित अपिल गरेका छन् । 

    लामो समय राजनीतिक हस्तक्षेपका कारण कान्ति माविको व्यवस्थापन समिति बन्न सकेका छैन । 

    514329912_4954248764801121_5030321616331246049_n.jpg
    तश्वीर : रामकृष्ण शर्मा

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij