२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
  • समाचार
  • असार १५ : राष्ट्रिय धान दिवस,...
नेकपाद्धारा देशभर धान रोपाइँ

असार १५ : राष्ट्रिय धान दिवस, नेकपाद्धारा देशभर धान रोपाइँ

असार १५ : राष्ट्रिय धान दिवस, नेकपाद्धारा देशभर धान रोपाइँ

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ। आज नेकपाले देशभर धान रोपेर धान दिवस मनाउदैछ । कपिलवस्तु, अर्घाखाँची, चितवन, दाङ, कैलाली, कञ्चनपुर, रुपन्देही, गुल्मी, कास्की, तनहुँ, गोरखा, सल्यान, काभ्रे, नुवाकोट, झापा, सुनसरी, अर्घाखाँचीलगायतका विभिन्न जिल्लाहरुमा नेकपाले धान रोपाइँ सुरु गरिसकेको छ ।

आइतवार, आषाढ १५ २०८२
आइतवार, आषाढ १५ २०८२
  • बुटवल । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ। आज नेकपाले देशभर धान रोपेर धान दिवस मनाउदैछ । कपिलवस्तु, अर्घाखाँची, चितवन, दाङ, कैलाली, कञ्चनपुर, रुपन्देही, गुल्मी, कास्की, तनहुँ, गोरखा, सल्यान, काभ्रे, नुवाकोट, झापा, सुनसरी, अर्घाखाँचीलगायतका विभिन्न जिल्लाहरुमा नेकपाले धान रोपाइँ सुरु गरिसकेको छ । 

    असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन्।

    आज धान रोपाइँ सँगै दही खाने चलन समेत रहेको छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ। दहीले शक्ति सञ्चय र पाचन शक्ति पनि बढाउँछ।

    धान दिवस

    विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।

    किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

    मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।

    यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुनसकेको छैन । कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको दाबी गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij