२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • तिलोत्तमा गौशालामा जापानबाट सहयोग : ओम...
समाचार

तिलोत्तमा गौशालामा जापानबाट सहयोग : ओम प्रसाद रिजालद्वारा १७०० केजी साइलेज प्रदान

तिलोत्तमा गौशालामा जापानबाट सहयोग : ओम प्रसाद रिजालद्वारा १७०० केजी साइलेज प्रदान

शुक्रवार, आषाढ ६ २०८२
शुक्रवार, आषाढ ६ २०८२
  • तिलोत्तमा गौशालामा जापानबाट सहयोग : ओम प्रसाद  रिजालद्वारा १७०० केजी साइलेज प्रदान

    तिलोत्तमा, रुपन्देही। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको तिलोत्तमा गौशालामा सहयोग प्राप्त हुने क्रम जारी छ। पछिल्लो पटक जापानमा वैदेशिक रोजगारीमा रहेका पर्वत जिल्ला कुस्मा नगरपालिका–१, पाङका ओम प्रसाद  रिजालले झण्डै २० हजार रुपैयाँ बराबरको १७०० केजी साइलेज प्रदान गरेका छन्।

    उक्त सहयोग पर्वत रुपन्देही सेवा समाज केन्द्रीय समितिका अध्यक्ष रामकृष्ण शर्माको पहलमा प्राप्त भएको हो। सहयोग हस्तान्तरणका लागि गौशालामा आयोजित कार्यक्रममा समाजसेवी, सरोकारवाला र विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो।

     

    कार्यक्रमलाई सम्बोधन गर्दै उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले गौसंरक्षणमा सबैको सरोकार र सहभागिता आवश्यक रहेको बताए। उनले तिलोत्तमा गौशालाले छाडा चौपाया संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए।

    त्यस्तै, मानवअधिकार तथा शान्ति समाज रुपन्देहीका निवर्तमान सभापति कृष्ण भट्टराईले गौसेवा जस्तो पवित्र अभियानमा सबै जुट्नुपर्नेमा जोड दिए।

    कार्यक्रम सञ्चालन गरेका रामकृष्ण शर्माले रुपन्देहीका सबै पालिकामा छाडा चौपाया संरक्षण अभियान फैलाउने जानकारी दिए। उनले बुटवलको नन्दिनी गौशाला र देवदहको कामधेनु गौशालामा समेत सहयोगको आवश्यकता रहेको भन्दै सहयोगका लागि अपिल गरे।

    शर्माले सामाजिक सञ्जालमार्फत आग्रह गर्दा विभिन्न क्षेत्रबाट सकारात्मक प्रतिक्रिया र सहयोग प्राप्त भएको उल्लेख गर्दै सहयोगदाताहरूलाई धन्यवाद ज्ञापन गरे। उनले भने, “यो पुण्य कार्यमा योगदान दिने सबैले पुण्य लाभ पाउनेछन्।”

    उक्त कार्यक्रममा सहभागीहरू : राजु लिगल (अध्यक्ष, घर बहाल सरोकार संघ रुपन्देही), रेखा शर्मा (सदस्य, सामाजिक रुपान्तरण नेपाल), ओम प्रकाश भण्डारी (सचिव, चितिपानी तिलोत्तमा समाज), युवा व्यवसायी रेशम भट्टराई, समाजसेवी चन्द्र बहादुर रिजाल, गौशाला प्रतिनिधि रोहित केसी लगायतका व्यक्ति उपस्थित थिए।

    झण्डै चार सय गाईगोरु आश्रय लिइरहेको तिलोत्तमा गौशालाको सञ्चालन इस्कोन तिलोत्तमाले गर्दै आएको छ। गौशालाले छाडा चौपाया व्यवस्थापनमा उल्लेखनीय भूमिका खेलिरहेको भए पनि अझै सडकमा चौपाया विचरणका कारण यातायात र किसानहरू प्रभावित भइरहेको र स्थानीय सरकारले  थप व्यवस्थित गर्नुपर्नेमा  आयोजकहरूले जोड दिएका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij