२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • नवलपुरको विनयखोलामा यात्रुबाहक बस बगायो, ४०...
समाचार

नवलपुरको विनयखोलामा यात्रुबाहक बस बगायो, ४० यात्रुको उद्दार

नवलपुरको विनयखोलामा यात्रुबाहक बस बगायो, ४० यात्रुको उद्दार

पूर्वबाट पश्चिमतर्फ आएकाे भे१ख ४०८५ नम्बरको बस नवलपुरस्थित विनयी खाेलामा आएकाे बाढीले बगाएको छ । गयराती बाढीले करिब ४० यात्रु बाेकेकाेे साे बस बगाएपछि प्रहरीले बीचबाट उनीहरूकाे उद्दार गरेपनि बस भने नभेटिएकाे नवलपुर प्रहरीका सूचना अधिकारी डिएसपी मधु नेपालले जनाएका छन् ।

शुक्रवार, आषाढ ६ २०८२
शुक्रवार, आषाढ ६ २०८२
  • रूपन्देही । पूर्वबाट पश्चिमतर्फ आएकाे भे१ख ४०८५ नम्बरको बस नवलपुरस्थित विनयी खाेलामा आएकाे बाढीले बगाएको छ ।

    गयराती बाढीले करिब ४० यात्रु बाेकेकाेे साे बस बगाएपछि प्रहरीले बीचबाट उनीहरूकाे उद्दार गरेपनि बस भने नभेटिएकाे नवलपुर प्रहरीका सूचना अधिकारी डिएसपी मधु नेपालले जनाएका छन् ।
     
    लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले पूर्व-पश्चिम राजमार्गको नारायणगढ-बुटवल सडक खण्ड अवरुद्ध भएको थियाे ।  प्रहरीले बिहीबार बिहानै  सूचना जारी गर्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको  थियाे । तर केही बसहरू सूचना अटेरी गरि चलाएका थिए ।

    केही दिनयताको लगातार अविरल वर्षाले विनयी खोलामा पानीको सतह बढेर डाइभर्सनमा क्षति पुगेको छ भने दुम्कीबास-दाउन्ने  खण्डमा पर्ने विश्वकर्मा मन्दिर र झ्युखोलामा सडक चिप्लो भई सवारी साधन फस्ने तथा चिप्लने समस्या भएकाले आवागमन पूर्ण रूपमा प्रभावित बनेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij