२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • दुधको गुणस्तर सुधार सम्बन्धि बुटवलमा...
समाचार

दुधको गुणस्तर सुधार सम्बन्धि बुटवलमा एक दिने तालिम सम्पन्न

दुधको गुणस्तर सुधार सम्बन्धि बुटवलमा एक दिने तालिम सम्पन्न

बिहिवार, आषाढ ५ २०८२
बिहिवार, आषाढ ५ २०८२
  • दुधको गुणस्तर सुधार सम्बन्धि  बुटवलमा एक दिने तालिम सम्पन्न

    बुटवल ।  दुधको गुणस्तर सुधार गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिकाले रुपन्देहीका डेरी व्यवसायीहरूलाई लक्षित गर्दै एक दिने आधारभूत तालिम सम्पन्न गरेको छ।

    कार्यक्रमको उद्घाटन बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्यालले गर्नुभयो। उहाँले बुटवल क्षेत्रमा दुधको गुणस्तरमा उल्लेख्य सुधार आएको बताउँदै उपभोक्तालाई ढुक्क भएर दूध उपभोग गर्न आग्रह गर्नुभयो। साथै, दूधलगायत अन्य खाद्य वस्तुको गुणस्तरमा कुनै किसिमको सम्झौता नहुने प्रतिबद्धता जनाउँदै डेरी व्यवसायीलाई आवश्यक सहयोग गर्न उपमहानगरपालिका सधैं तयार रहेको स्पष्ट पार्नुभयो।

    पशुपंक्षी शाखा प्रमुख झविन्द्र बनजाडेले डेरी व्यवसायको छुट्टै पहिचान बनाउन व्यवसायीहरूलाई आग्रह गर्दै दुधको विविधिकरणतर्फ लाग्न आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले दुधको गुणस्तर सुधारका लागि उत्पादक किसानदेखि व्यवसायीहरुसम्मको साझा प्रयास जरुरी रहेकोमा जोड दिनुभयो।

    त्यस्तै, पशु चिकित्सक भागीरथ पुरीले दुधको शुद्धता कायम राख्न किसानहरूलाई निरन्तर सचेत गराउँदै व्यवसायीहरूमा प्राविधिक ज्ञान अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

    तालिममा रुपन्देही डेरी व्यवसायी समितिमा आबद्ध ३० जना व्यवसायीहरूको सहभागिता रहेको थियो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij