२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
  • समाचार
  • देश भद्रगोल हुनुमा माओवादी सबैभन्दा बढी...
समाचार

देश भद्रगोल हुनुमा माओवादी सबैभन्दा बढी जिम्मेवार : विप्लव

देश भद्रगोल हुनुमा माओवादी सबैभन्दा बढी जिम्मेवार : विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देश भद्रगोल हुनुमा माओवादी सबैभन्दा बढी जिम्मेवार भएको बताएका छन्।

शुक्रवार, जेठ ३१ २०८२
शुक्रवार, जेठ ३१ २०८२
  • काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देश भद्रगोल हुनुमा माओवादी सबैभन्दा बढी जिम्मेवार भएको बताएका छन्। 

    नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को १० औँ स्थापना दिवसको अवसरमा शुक्रवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले माओवादीको ध्यान मन्त्री हुने, सांसद हुने र पद बाँडफाँडमा केन्द्रित भएको बताए। यस्तो राजनीतिक चक्रले जनता दिक्क भइसकेको बताए। 

    उनले अहिलेको राज्यको नेतृत्वसँग कोही पनि आशावादी नरहेको दावी गरे। महासचिव विप्लवले जनतालाई नेतृत्वसहित नयाँ वैकल्पिक धारा र निकास चाहिएको बताए।

    महासचिव विप्लवले भने, “आजको राज्य भद्रगोल हुनेमा सबैभन्दा बढी जिम्मेवार माओवादी नै हो। यो कुरा गम्भीरतापूर्वक मनन गर्नुपर्छ। माओवादी भनेपछि प्रचण्ड र बाबुरामको कुरा मात्र होइन, हामी सबैको कुरा हो। नेपालमा राजनीतिक संक्रमण पैदा भयो भने त्यसले के के कुरा माग गर्छ भन्नेमा हामी प्रवेश गरेनौँ। हाम्रो ध्यान मन्त्री हुने, सांसद हुने, पद बाँडफाँड गर्नेतिर गयो। यो कुरामा हामी चुकेकै हौँ।”

    उनले समाजवादी सङ्घीयता आजको आवश्यकता भएको जिकिर गरे। 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij