भाकपा (माओवादी)का सर्वोच्च नेता नाम्बाला केशवराव ुबसवराजुसहित नेता कार्यकर्ताको हत्याविरुद्ध भारत बन्दको आब्हान गरिएको छ । यसक्रममा भाकपा (माओवादी)को कारवाहीमा प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी)को निधन भएको छ । भारतको छत्तीसगढ राज्यमा सोमबार शक्तिशाली सुधारिएको विस्फोटक उपकरण (आइइडी) विष्फोट हुँदा एक वरिष्ठ प्रहरी अधिकारीको मृत्यु भएको हो । आक्रमणमा उनीसँगै रहेका अन्य केही सुरक्षाकर्मी पनि घाइते भएका छन् ।
छत्तीसगढको राजधानी रायपुरबाट करिब ४११ किलोमिटर दक्षिणमा पर्ने सुकमा जिल्लाको डोन्द्रा गाउँको कोन्टा–एराबोर सडकमा विस्फोट भएको हो ।
घाइतेहरूलाई तुरुन्तै कोन्टाको सबैभन्दा नजिकको स्वास्थ्य केन्द्रमा लगिएको थियो। अधिकारीहरूले उक्त क्षेत्रमा थप फौज तैनाथ गरेका छन् र आक्रमणमा संलग्न रहेको आशंका गरिएका नक्सलवादीहरूको खोजी कार्य सुरु गरेका छन्।
भारतको सङ्घीय सरकारले सन् २०२६ मार्च ३१ अगावै नक्सलवादीहरूको उन्मूलन गर्ने संकल्पसहित विद्रोही भाकपा (माओवादी) विरूद्धको आक्रमणलाई सशक्त पारेको छ । हाल भारतको मध्य र पूर्वी क्षेत्रमा भाकपा (माओवादी) सक्रिय छन् ।
