२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
  • समाचार
  • गणतन्त्र घोषणा गरिएपनि पुरानै उत्पादन प्रणालीका...
गणतन्त्र, जनपक्षीय पत्रकारिता र कृष्णसेनको भूमिका बिषयक अन्तक्रिया

गणतन्त्र घोषणा गरिएपनि पुरानै उत्पादन प्रणालीका कारण संकट गहिरियो : विप्लव

गणतन्त्र घोषणा गरिएपनि पुरानै उत्पादन प्रणालीका कारण संकट गहिरियो : विप्लव

नेकपा महासचिव विप्लव सीले नेपालमा गणतन्त्र घोषणा गरिएपनि पुरानै उत्पादन र अर्थप्रणाली परिवर्तन हुन नसक्दा अहिलेको संकट गहिरिएको बताएका छन् । महासचिव विप्लवले उक्त कुरा विहीबार बुटवलमा जनपत्रकार संगठन नेपालद्धारा आयोजित गणतन्त्र, जनपक्षीय पत्रकारिता र कृष्णसेनको भूमिका बिषयक अन्तक्रिया कार्यक्रममा बताएका हुन् ।

बिहिवार, जेठ १६ २०८२
बिहिवार, जेठ १६ २०८२
  • बुटवल । नेकपा महासचिव विप्लव सीले नेपालमा गणतन्त्र घोषणा गरिएपनि पुरानै उत्पादन र अर्थप्रणाली परिवर्तन हुन नसक्दा अहिलेको संकट गहिरिएको बताएका छन् । महासचिव विप्लवले उक्त कुरा विहीबार बुटवलमा जनपत्रकार संगठन नेपालद्धारा आयोजित गणतन्त्र, जनपक्षीय पत्रकारिता र कृष्णसेनको भूमिका बिषयक अन्तक्रिया कार्यक्रममा बताएका हुन् । 

    महासचिव विप्लवले अहिलेको व्यवस्था र सरकार भ्रष्टाचारमा डुब्नुको मूलकारण राजनीतिक सत्ता बदलिएपनि अर्थतन्त्र पुरानै भएको बताउदै यसको समाधान पुरानो अर्थप्रणालीलाई बदल्नुपर्ने बताए । उनले अहिले नेपालमा दलाल पुँजीवादी व्यवस्थाका कारण जनतामा निराशा फैलिएको बताउदै पुराना पार्टी र नेताहरु रुपान्तरण हुने सम्भावना कम रहेको बताए । 

    महासचिव विप्लवले अहिलेको संकट दलाल संसदीय पुँजीवादको संकट भएको बताउदै यसको समाधान पुरानै राजतन्त्र हुन नसक्ने भएकोे समाधान समाजवादी गणतन्त्र हुने र त्यसका लागी सुस्पष्ट विचार, नीति र कार्यक्रम सहितको नेतृत्वको आवश्यक भएकोले त्यसको नेतृत्व नेकपाले गर्ने बताए । 

    उनले पार्टी एकताको प्रसंग जोड्दै देशको संकट हल गर्न सबै कम्युनिस्ट र समाजवादीहरु विचारमा विकास गर्न सके रुपान्तरणसहित एकताको सम्भावना रहेको बताउदै यही व्यवस्थामा गोलचक्कर मार्न एकता जरुरी नभएको बताए । 

    महासचिव विप्लवले कृष्णसेनको चर्चा गदै उनी विचारको कवि, साम्यवादी योद्धा र जनपत्रकार भएको बताए । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij