२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
  • समाचार
  • महासचिव बसवराजुको हत्या भारतीय साम्राज्यवादी सत्ताको...
भाकपा (माओवादी)का महासचिव बसवराजुको हत्या विरुद्ध नेकपाको वक्तव्य

महासचिव बसवराजुको हत्या भारतीय साम्राज्यवादी सत्ताको कायरता हो : विप्लव

महासचिव बसवराजुको हत्या भारतीय साम्राज्यवादी सत्ताको कायरता हो : विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले भारतीय साम्राज्यवादी सत्ताले भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव बसवराजुको हत्या कायरता भएको बताएका छन् । महासचिव विप्लवले उनको हत्याको निष्पक्ष छानविन गर्न अन्तर्राष्टिय समुदाय, मानवअधिकारवादीको ध्यानाकर्षण समेत गरेका छन् ।

बुधवार, जेठ १५ २०८२
बुधवार, जेठ १५ २०८२
  • बुटवल– नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले भारतीय साम्राज्यवादी सत्ताले भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव बसवराजुको हत्या कायरता भएको बताएका छन् । महासचिव विप्लवले उनको हत्याको निष्पक्ष छानविन गर्न अन्तर्राष्टिय समुदाय, मानवअधिकारवादीको ध्यानाकर्षण समेत गरेका छन् । 

    महासचिव विप्लवले राजनीतिक संवाद र वार्ताका लागी युद्धविराम गरेर समस्याको समाधान गर्ने पहल गर्दागर्दै पार्टीभित्रका गद्धार, भ्रष्ट र आत्मसमर्पणकारी तत्वहरुको प्रयोग गरेर गरिएको हत्याको घारे भत्र्सना गर्दै कमरेड बसवराजुको बलिदानले जनयुद्धको महत्व र उपलब्धि भविष्यमा प्रमाणित हुने बताएका छन् । 

    महासचिव विप्लवले कमरेड बसवराज र २६ जना महान सहिदप्रति उच्च सम्मान गर्दै यो बलिदानले विश्वका श्रमिक वर्गलाई उज्यालो प्रकाश दिने बताएका छन् । 

    कथित ‘अपरेशन ब्ल्याक फरेस्ट’ अन्तर्गत छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा मोदी सरकारद्धारा भाकपा माओवादीका महासचिव बसवराजको हत्या गरिएको थियोे । भारतीय गृहमन्त्री अमित शाहले बसवराजु सहित २७ जना माओवादीको मृत्यु भएको पुष्टि गरेका थिए ।

    महासचिव बसवराजुको हत्या विरुद्ध नेपालका अन्य कम्युनिस्ट पार्टीहरुले समेत निन्दा गरेका छन् । हत्या विरुद्ध निन्दा गर्ने पार्टीहरुमा बिमल शर्मा नेतृत्वको नेकपा (मशाल), आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक संयोजक सीपी गजुरेल, नारायण शर्मा नेतृत्वको अखिल नेपाल कम्युनिस्ट पार्टी, पूर्णसिंह नेतृत्वको समाजवादी कम्युनिस्ट पार्टी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत रहेका छन् । 

    उनीहरुले यस घटनाबाट भारतीय माओवादीलाई पुगेको गम्भीर क्षतिप्रति दुःख व्यक्त गर्दै यसप्रकारको सम्झौताहीन क्रान्तिकारी संघर्षले क्रान्तिकारीहरुलाई थप उर्जा दिएको बताएका छन् । 

    501270320_729533329747216_4160068936356018295_n.jpg
    undefined
    500761744_729533373080545_8690135456663135140_n.jpg
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij