बुटवल । अखिल नेपाल लेखक संघको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले शसक्त युवा तथा मार्क्सवादी कवि मुक्तान थेबालाई अध्यक्षमा निर्वाचित गरेको छ ।
सम्मेलनले उपाध्यक्ष ममता सुर्खेती, महासचिव सुरज उपाध्याय, सचिव हरिलाल महतारा, कोषाध्यक्ष कर्ण दयाल, केन्द्रीय समिति सदस्यहरु भीम भारती, खोमा तरामु मगर, छत्र बहादुर बम ‘समग्र’, सम्झना विक, सजना गोले, ज्ञानु केसी, कपिल सिजापति, रमेश सी बिक्रान्त, शक्तसिंह रोकाय, लोकेश जैशी, सुमन सी, ईश्वर थोकर, प्रजिना दर्नाल, प्रदीप राहादी मगर, निशान पट्टेल, तेज योन्जन, रिना बोमजन, जनक सी, प्रवीण धामी, आरपी तिमल्सिना, चन्द्रीका मोक्तान ‘खुशी’, संगीत सी, जमुना श्रेष्ठ, शीतल थोकर, राजेन्द्र साउद, बुद्धिराम भुसाल, सूर्य गोले, सिला यादव रहेका छन् ।
सम्मेलनलाई नेकपाका पोलिटब्युरो सदस्य एवं वरिष्ठ संस्कृतिकर्मी माइला लामा, आरोह नेपाली, कुशल बोगटीले सम्बोधन गर्दै संस्कृतिकर्मीहरुले समाजवादको पक्षमा कलम चलाउनुपर्ने बताएका छन् ।
