२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • रातो सलाम-कमरेडहरु महान, दीपेन्द्र र प्रज्वलप्रति...
एकीकृत जनक्रान्तिका सहिदहरुको स्मरण

रातो सलाम-कमरेडहरु महान, दीपेन्द्र र प्रज्वलप्रति !

रातो सलाम-कमरेडहरु महान, दीपेन्द्र र प्रज्वलप्रति !

ए, महान योद्वाहरु ! रगतको यो महान इतिहास त्यसै खेर जाने छैन । बन्दुकले क्रान्तिको तुफानी यात्रा रोकिने छैन । जनताको हितका निम्ति आफ्नो जीवन वीरतापूर्ण अर्पण गर्ने ती महान योद्धाहरुको हातबाट खसेको झण्डालाई माथि उचालौं र तिनको रगतले गाढा भएको बाटो अघि बढौं ।

सोमवार, जेठ १३ २०८२
सोमवार, जेठ १३ २०८२
  • २०७६ जेठ ७ गते भोजपुर जिल्लाको टेम्केमैयुङको धोत्रे जङ्गलमा कमरेड तीर्थ घिमिरे (राजु) लाई प्रहरीले गोली हानी हत्या गरेको घटनाले सबैलाई स्तब्ध बनायो । हाम्रा मनहरु बेचैन भए । हृदयमा आक्रोसको ज्वाला दन्कियो । त्यसको प्रतिरोध स्वरूप जेठ १३ गते नेपाल बन्द आह्वान भयो । बन्दको पूर्वसन्ध्यामा जेठ १२ गते साँझ राजधानीको मुटु कम्पायमान हुनेगरी घट्टेकुलो र सुकेधारामा विस्फोटको दुःखद् खवर आयो । केहीबेरमा दर्दनाक भिडियो फुटेज सामाजिक सञ्जालमा आयो । घाइतेहरुको चित्कार र प्रियजनहरुको विक्षिप्त दृश्यले सबैलाई स्तब्ध बनायो । बमको भयङ्कर आवाजसँगै सदाका लागी विदा भए, कमरेडहरु– महान, दीपेन्द्र, निरन्तर र प्रज्वल । फेरि सवैको हृदयमा धाँजा फाट्यो । क्रान्ति निर्मम हुन्छ, असाध्यै निर्मम । कमरेड माओले भन्नुभएझैं क्रान्ति भनेको भोजभतेर होइन, न लेख लेख्नु हो, न चित्रकारी गर्नु हो, न त कारचोपी भर्नु हो, यो त्यति परिस्कृत हुँदैन, यो त्यति सुविस्ताको र नम्र हुँदैन, यो त्यति शान्त, दयालु, शिष्ट, संयमित र उदार हुँदैन । क्रान्ति भनेको विद्रोह हो, हिंसाद्धारा गरिने यस्तो क्रिया हो जसबाट एउटा वर्गले अर्को वर्गलाई पल्टाइदिन्छ । यो घटना वर्गसङ्घर्षको एउटा कडी हो । सरकारले गरेको प्रतिबन्धको निर्णय, भोजपुरमा कमरेड तीर्थ घिमिरेको हत्या नै यो घटनाको मुख्य कारक थियो र यसको केन्द्रमा थियो दलाल पुँजीवादी राज्यसत्ता । 
    ०००

    जेठको १७ गते ती पाँचजना महान सहिदहरुको सम्मानमा शोकसभा आयोजना भयो । पाल्पा र चुरेक्षेत्र ९ नं. जिल्लाको पूर्मलाङ गाउँमा संयुक्त शोकसभामा क्षितिज परिवार सहभागी भयो । हामी रुपन्देहीको कानपारास्थित थारु गाउँमा जुटेर जनताको सहभागितामा महान सहिदहरुलाई श्रद्वाञ्जली दियौँ । श्रद्धाञ्जली कार्यक्रममा नेता कार्यकर्ता, सहिद परिवार र जनताको उपस्थिति थियो । हामी सबै भावविह्वल थियौं । जनदीर्घातिर आँखा वरपर गर्छु म । सवैको अनुहारमा शोकको आँसु छ र आँसुको गहिरो नीरतालमा आक्रोसको तुफान पनि उस्तै छ । ती योद्वाहरुले महान जिम्मेवारी सुम्पेर गए । र, ती योद्वाहरु भनिरहेछन्–“यो शरिर ढल्यो साथी हो, लालझण्डा ढल्न नदिनु...!” मेरो मनभित्र गुन्जिरहेछ गीत । हो, जहाँ सङ्घर्ष हुन्छ, त्यहाँ बलिदान हुन्छ । हाम्रो हृदयमा बहुसङ्ख्यक जनताको सपना छ र त्यसका निम्ति मर्दा हाम्रो मृत्यु गौरवशाली मृत्यु हुन्छ । अर्थात् जनताको मुक्तिका लागी मृत्यु पहाडभन्दा पनि गह्रौं हुन्छ, तर फासिस्टहरुको निम्ति मर्नु प्वाँखभन्दा हल्का हुन्छ ।  

    .........................................

    क्रान्तिकारीहरुलाई प्रतिबन्धले के फरक पा¥यो र ! जनतालाई आतङ्कित पारेर गिरफ्तार, जेलनेल र हत्या गरेर हाम्रा आवाजहरु रोकिएनन् । सङ्घर्ष गर्नु, असफल हुनु, फेरि सङ्घर्ष गर्नु, फेरि असफल हुनु, विजय प्राप्त नगरुन्जेल सङ्घर्ष गरिरहनु यो मालेमावादी नियम हो । हाम्रो हृदय विशाल हुनुपर्छ र क्रान्तिलाई आफ्नो जीवन भन्दा प्यारो सम्झिनुपर्छ । आफ्नो व्यक्तिगत हितलाई क्रान्तिको हितको अधीनमा राख्नुपर्छ । तब मात्र हामी कम्युनिस्ट बन्न सक्छौं । ए, महान योद्वाहरु ! रगतको यो महान इतिहास त्यसै खेर जाने छैन । बन्दुकले क्रान्तिको तुफानी यात्रा रोकिने छैन । जनताको हितका निम्ति आफ्नो जीवन वीरतापूर्ण अर्पण गर्ने ती महान योद्धाहरुको हातबाट खसेको झण्डालाई माथि उचालौं र तिनको रगतले गाढा भएको बाटो अघि बढौं । राता मान्छेहरुलाई फेरि एकपटक लालसलाम ।   

    (सपनाका भन्ज्याङ्तिर, पृ.५७) शीर्षक हामीले राखेका हौं । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij