२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
राजावादी आन्दोलनको भत्र्सना र शिक्षक आन्दोलनका माग पुरा गर्न ध्यानाकर्षण

गुल्मीमा नेकपाद्धारा सिडियोलाई ध्यानाकर्षण–पत्र

गुल्मीमा नेकपाद्धारा सिडियोलाई ध्यानाकर्षण–पत्र

नेकपा गुल्मीले जातीय तथा क्षेत्रीय मोर्चा संगठनहरुमार्फत् प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत् प्रधानमन्त्री केपी वलीलाई ज्ञापनपत्र पठाएको छ ।

सोमवार, बैशाख ८ २०८२
सोमवार, बैशाख ८ २०८२
  • तमघास । नेकपा गुल्मीले जातीय तथा क्षेत्रीय मोर्चा संगठनहरुमार्फत् प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत् प्रधानमन्त्री केपी वलीलाई ज्ञापनपत्र पठाएको छ । 

    जिल्ला सेक्रेटरी बसन्त सीको नेतत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी गौतमलाई राजावादी तत्वहरुबाट तीनकुने, कोटेश्वर र जडीबुटी लगायतका क्षेत्रमा गरिएको तोडफेड, आगजनी, लुटपाट लगायतका घटनाबाट हुन गएको धनजनको उचित छानवीन गरी दोषीलाई कडा कार्वाही र पीडितलाई उचित क्षतिपूूर्ती दिन माग गरेको हो । 

    3.jpg
    undefined

    त्यस्तै मागपत्रमा देशका भावी कर्णाधार जन्माउने शिक्षकहरुको आन्दोलन महिनौदेखि जारी भएको भन्दै उनीहरुको मागलाई सरकारले तुरुन्त पूरा गरेर शिक्षकहरुलाई विद्यालय विद्यालय फर्काउन र शिक्षा क्षेत्रको अध्यायन÷अध्यापन सुचारु गर्न र कक्षा १२ को परीक्षा सहज बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । 

    ज्ञापनपत्र बुझाउन श्रमिक समुदाय नेपाल जिल्ला संयोजक मैत नेपाली, नेकपा रेसुङ्गा नगर इन्चार्ज बाबुलाल सी, अखिल समाजवादीका जिल्ला अध्यक्ष सुशिल सी, अनेमसंघ क्रान्तिकारीकी अस्मिता सीलगायतको सहभागिता रहेको थियो ।  

    1.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij