२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
समाचार

शिक्षकको आन्दोलनमा नेकपाको ऐक्यवद्धता

शिक्षकको आन्दोलनमा नेकपाको ऐक्यवद्धता

विप्लव नेतृत्वको नेकपाले नेपाल शिक्षक महासंघको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै नेकपाको शिक्षा तथा स्वास्थ्य सरोकार विभागले २० गतेदेखि जारी आन्दोलनमा ऐक्यवद्धता जनाएको हो ।

बिहिवार, चैत्र २० २०८१
बिहिवार, चैत्र २० २०८१
  • विप्लव नेतृत्वको नेकपाले नेपाल शिक्षक महासंघको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै नेकपाको शिक्षा तथा स्वास्थ्य सरोकार विभागले २० गतेदेखि जारी आन्दोलनमा ऐक्यवद्धता जनाएको हो ।

    ‘…देशभरीका हजारौ शिक्षक, शिक्षिकाहरु र विद्यालयका कर्मचारीहरुले राजधानीमा गरिरहेको न्यायपूर्ण आन्दोलनप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । सर्वप्रथम आन्दोलनप्रति ऐक्यद्धता जाहेर गर्दै पूर्ण सफलताको शुभकामना ।’, विभाग प्रमुख भेषराज सीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली शिक्षकहरुले वैज्ञानिक व्यवहारिक, जिवन उपयोगी, निशुल्क र सर्वशुलभ शिक्षा तथा मर्यादित शिक्षण पेशाका निम्ति निकै लामो, कठिन र बलिदानीपूर्ण संघर्ष गर्दै आएका छन् । अहिलेसम्मका सबै सरकारहरुले शिक्षकहरुको आन्दोलन चर्किदै जादा आन्दोलनलाई मत्थर पार्ने नियतका साथ शिक्षकहरुका माग पुरा गर्ने सम्झौता गर्दछ तर सरकारले आफैले गरेको सम्झौता लागु गर्दैन यस्तो क्रम बारम्बार दोहाेरिएका कारण सरकारप्रति शिक्षकहरुको विश्वास गुम्दै गएको छ ।’

    विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अब शिक्षकहरु उधारो सम्झौतामा नरोकिने र माग पूरा गराएर मात्र आन्दोलन रोक्ने उद्घोषका साथ आन्दोलनमा हामिनुले शैक्षिक क्षेत्र अस्तव्यस्त बन्न पुगेको छ । यो राज्यका निम्ति निकै गंभिर विषय हो । शिक्षकका न्यायपूर्ण मागहरु प्रति सरकार गंभिर बनोस र नयाँ शिक्षा ऐन तत्काल पारित गरी शिक्षकहरुलाई तत्त्काल विद्यालय फर्कने वातावरण सिर्जना गरोस् भनि सरकारको ध्यानाकर्षण गरिन्छ ।’ 

    Bigyapti.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij