२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
नेकपामा प्रवेशको लहर

माओवादीका केन्द्रीय सदस्य थापा नेकपामा प्रवेश

माओवादीका केन्द्रीय सदस्य थापा नेकपामा प्रवेश

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य वीरबहादुर थापा विश्वास नेकपामा फर्किएका छन् । नेकपा नवलपुरको जिल्ला समितिको बैठकमा थापा नेकपामा प्रवेश गरेका हुन् ।

आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • नवलपुर । नेकपा माओवादीका केन्द्रीय सदस्य वीरबहादुर थापा विश्वास नेकपामा फर्किएका छन् । नेकपा नवलपुरको जिल्ला समितिको बैठकमा थापा नेकपामा प्रवेश गरेका हुन् । 

    पार्टीका स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिलुले थापालाई टिका लगाएर पार्टीमा प्रवेश गरेका हुन् । थापासँगै नेकपा एमाले नवलपुरका जिल्ला सल्लाहकार आत्माराम पौडेललगायत अन्य नेता कार्यकर्ता समेत नेकपामा प्रवेश गरेका हुन् । 

    थापा नवलपुरका पुरानो जनयुद्धकालीन नेता हुन् । नेकपाबाट धर्मेन्द्र समूह निस्किएपछि उनी उक्त समूहमा लागेका थिए । उक्त समूह पनि विभाजित भएपछि उनी महेश चौधरीले नेतृत्व गरेको समूहमा लागेका थिए । त्यसपछि पछिल्लो समय घरमा बसेका उनी नेकपामा प्रवेश गरेका हुन् । 

    अहिले देशैभर नेकपामा प्रवेशको लहर चलिरहेको छ । 

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij