२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
--5155

टुँडिखेलमा मगर समुदायको माघे सकराती रौनक

टुँडिखेलमा मगर समुदायको माघे सकराती रौनक

शनिवार, पौष ३० २०७९
शनिवार, पौष ३० २०७९
  • बुटवल । मगर समुदायले नयाँ वर्ष मनाउने क्रम सुरु भएको छ। शुक्रवारबाट काठमाडौंको टुँडिखेलमा माघे संक्रान्ति पर्वको पूर्व सन्ध्यामा मगर समुदायले माघे नयाँ वर्ष मनाउन सुरु गरेका हुन्। मगर समुदायले माघे संक्रान्तिलाई नयाँ वर्षको रुपमा मनाउने परम्परा रहेको छ।

    माघे संक्रान्ती पर्वको अवसरमा उनीहरूले मिठामिठा परिकारहरू बनाएर खाने, नाचगान र आफ्नो संस्कृति झल्किने पहिरनसहित रमाइलो गर्ने गर्छन्। शुक्रवारबाट उनीहरूले आफ्नाआफ्ना सांस्कृतिक नृत्यहरू प्रश्तुत गरेका छन्।

     टुँडिखेलमा उनीहरूले मगर समुदायका मानिसहरू एक ठाउँमा जम्मा भएर सामुहिक रुपमा नाचगान गरिरहेका छन्। औपचारिक कार्यक्रम नभए पनि काठमाडौंमा मगर समुदायका युवायुवतीले आफ्नो परम्परागत पोशाक लगाएर नयाँ वर्ष मनाउने गर्छन्।

    नेपालको सबै जिल्लामा मगर जातिको बसोवास रहेपनि मगर समुदायभित्र पनि सांस्कृतिक, भाषिक र सामाजिक विविधता पाइन्छ। मौलिक संस्कृतिको रूपमा मगरले माघे संक्रान्ती भूम्यापूजा, वैशाख पूर्णिमा, साउने संक्रान्ती आदि चाडपर्व सबैले मनाउने गर्दछन् भने भाषिक रूपले मगरले बाह्र मगरात (मगर ढुट), अठार मगरात (मगर खाम÷पाङ) र मगर काइके बोल्ने गर्दछन्। मौलिक कला–संस्कृतिका हिसावले मगर मा हुर्रा, सोरठी, कौडा, मारुनी, पैँस्यारु, टप्पा, घाँटु, यानीमाया आदि नाचगान प्रचलित छन्।

    माघे संक्रान्ती चाड विशेषतः चेली तिहारको रूपमा मनाइन्छ। नयाँ यामको सुरूवात माघे संक्रान्तीका दिनदेखि उभौँली सुरू भई साउने संक्रान्तीमा समापन हुने र सोही दिनदेखि उँधौली सुरू हुने प्रचलन छ। यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी सबैले बिहानको पहिलो प्रहरमा मुल र धारालाई जमरा र पातीले सजाउने साथै नुहाइधुवाइ गरेर महिलाले मुलको पानी र जमरास्वरूप जौको पात लिएर घरको ‘धुरी खाँबो’मा पूजा गर्ने गर्छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij