२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
--5010

गुल्मीको ठूलो लुम्पेक सत्यवतीमा मेला सुरु

गुल्मीको ठूलो लुम्पेक सत्यवतीमा मेला सुरु

सोमवार, कार्तिक २१ २०७९
सोमवार, कार्तिक २१ २०७९
  • गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ३ मा रहेको सत्यवतीमा मेला सोमबारदेखि सुरु हुँदैछ । हरेक बर्ष बैकुण्ठ पूर्णिमाको दिन मेला लाग्दै आएको छ । 
    यस बर्ष मेलाको अवसरमा पुख्र्यौली नचरी नाँच, नौमति बाजा, स्थानीय कलाकारहरुको भब्य तयारी रहेको छ । मेलामा नचरीमा युवा पुस्ताले नाच देखाउने आयोजकले बताएको छ । नचरीमा स्थानीय दांसिंगा टोल, कुरह, कुट्डाँडा, गाउँडाडा, पल्लोखोला, बुझुङलगायत स्थानहरुबाट नचरी प्रस्तुति रहनेछ । 

    मेलाको अवसरमा स्थानीय प्रगतिशील समाज क्वाङले मगर मौलिक संस्कृतिमा आधारित विभिन्न नाचहरु देखाउने कार्यक्रम रहेको छ । यस्तै नाँचहरु दांसिंगा, कसिन्थला, गाउँडाडालगायत स्थानका कलाकारहरुले समेत देखाउनेछन् । 

    स्थानीय प्रगतिशील समाज क्याङले साविकको ठूलो लुम्पेक वडा स्थानीय भलिबल प्रतियोगिता समेत सुरु गरेको छ । 

    मेलामा गुल्मी, पाल्पा, रुपन्देही, अर्घाखाँची, पर्वत, बागलुङ, स्याङ्जालगायत विभिन्न क्षेत्रबाट आउने गर्दछन् । सत्यवती क्षेत्रबाट हिमालय शृंखलाहरु देख्न सकिन्छ । 
    मेलाको अवसरमा लोक कलाकार सुदीप सिंजाली मगर, चीज गुरुङ, सुमन थापा मगरको समेत प्रस्तुति रहने आयोजकले बताएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij