२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
--4920

दशैंमा घुम्न जाने हो ?

दशैंमा घुम्न जाने हो ?

सोमवार, आश्विन १७ २०७९
सोमवार, आश्विन १७ २०७९
  • गुल्मी । दशैं लामो विदाको समय हो । दशैंको फुर्सदमा घुमफिर गरेर समय बिताउन सकिन्छ । पर्यटकीय दृष्टिले गुल्मीको सत्यवती गाउँपालिकाका विभिन्न स्थानहरु घुम्नका लागी उपयुक्त स्थानहरु रहेका छन् । 

    सत्यवती गाउँपालिकाको ठूलो लुम्पेक सत्यवती र हिले क्षेत्र घुम्नका लागी आकर्षक स्थानहरु हुन् । सत्यवती समुन्द्र सतहदेखि २००१ मिटर उचाइमा रहेको छ । सत्यवतीदेखि पूर्वतिर नजिकै हिमशृंखलाहरु देखिन्छ । हिमालयहरु धौलागिरी, माछापुच्छे, अन्नपूर्ण, मनास्लु, मानापाथी लगायतका हिमालयको दन्तलहर शृंखला अवलोकन गर्न सकिन्छ । 
    सत्यवतीमा चियाखेती समेत सुरु गरिएको छ । यतिबेला चिया लटरम्म फुलिरहेका छन् । सत्यवतीमा खेलकुद मैदान, पोखरी, पुजाआजाका लागी मन्दिर, पिकनिक स्थल आदि रहेका छन् । सत्यवतीदेखि रेसुंगा, पाल्पा श्रीनगर, पुर्तिघात, पर्वत, स्याङ्जा, बागलुङ, म्याग्दी, कालीगण्डकी नदीलगायतका मनोरम दृश्यहरु देख्न सकिन्छ । सत्यवती प्राकृतिक दृष्टिले निकै सुन्दर भएकोले फोटो सुटिङका लागी उपयुक्त रहेको छ । 

    सत्यवती बुटवलदेखि पाल्पाको तानसेन, रिडी, रुद्रवेणी हुँदै उकालो ११ किलोमिटर चढेपछि पुगिन्छ । सत्यवती गाउँपालिकाको हिले, लिम्घा, भार्से, रिमुवा, बुढी सत्यवती, मसिना, थाप्लेको लेक पनि घुम्नका लागी उपयुक्त स्थान रहेको छ ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij