२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
  • मनोरञ्जन
  • ‘ओ’ रक्त समूह भएकालाई लामखुट्टेले धेरै...
--4907

‘ओ’ रक्त समूह भएकालाई लामखुट्टेले धेरै टोक्छ

‘ओ’ रक्त समूह भएकालाई लामखुट्टेले धेरै टोक्छ

शुक्रवार, आश्विन १४ २०७९
शुक्रवार, आश्विन १४ २०७९
  • पृथ्वीमा मानिसलाई हमला गर्ने सबैभन्दा खतरनाक जीवमा लामखुट्टेको नाम सबैभन्दा पहिलो स्थानमा छ। यही एकमात्र जीव हो जसले सर्वाधिक मानिसलाई आफ्नो शिकार बनाइरहेको छ। लामखुट्टेले टोकेपछि अनेक प्रकारका रोग लागेर हरेक वर्ष १० लाखभन्दा बढी मानिसको मृत्यु भइरहेको छ। जानौ यो जीवका बारेमा केही रोचक तथ्य।

    –    संसारमा लगभग ३५ सय लामखुट्टेका प्रजाति पाइन्छन्। 
    –    एउटा लामखुट्टेले आफ्नो वजनभन्दा तीन 
       गुणा बढी रगत पिउन सक्छ। 
    –    भाले लामखुट्टेले कहिल्यै पनि टोक्दैन। अन्डाको विकास गर्न धेरै प्रोटिन चाहिने भएकाले  पोथीले मात्रै टोक्छ। भालेचाहिँ रुखबिरुवाको रस पिएर बाँच्छ। 

    –    तुलसीको बोट छेउछाउमा लामखुट्टे कहिल्यै आउँदैन। किनभने उसलाई तुलसीको गन्ध मन पर्दैन।  यो जीवले गर्भवती महिला तथा ‘ओ’ ब्लड ग्रुपका मानिसलाई अधिक मन पराउँछ। उनीहरूलाई खोजीखोजी टोक्छ। 
    –    लामखुट्टेको दाँत हुँदैन उसको तिखो र लामो चुच्चोले रगत चुस्छ।  
    –    यदि तपाईंलाई पसिना धेरै आउँछ भने लामखुट्टेले धेरै टोक्छ। 

    –    बियर धेरै खाने मान्छेलाई पनि लामखुट्टेले अधिक मन पराउँछ। विभिन्न अध्ययनका अनुसार बियर नपिउने भन्दा पिउनेलाई धेरै लामखुट्टेले टोकेको पाइएको छ। 
    –    कुनै–कुनै लामखुट्टेका प्रजातिले मानिसलाई नटोकेर भ्यागुता, माउसुली आदिलाई टोक्छन्। 
    –    जब तापमान बढ्छ लामखुट्टे पनि कम लाग्छन्। किनभने धेरै गर्मी यो जीवका लागि हानिकारक हुन्छ। 

    – यसले फैलाउने सबैभन्दा प्रमुख रोग मलेरिया हो। जसबाट हरेक वर्ष २५० मिलियनभन्दा बढी मानिस संक्रमित र लगभग १० लाखको मृत्यु भएको तथ्यांक छ। 
    –    हाम्रो श्वासबाट निस्किएको कार्बनडाइअक्साइडको गन्ध थाहा 
    पाएर लामखुट्टेले अँध्यारोमा पनि मानिसलाई खोजेर टोक्छन्। 
    –    पोथी लामखुट्टेले एकपटकमा करिब ३ सय अन्डा दिन्छ। भाले लामखुट्टे लगभग १० दिन तथा पोथी ६ देखि ८ हप्ता बाँच्ने विभिन्न अध्ययनले देखाएका छन्।  
    (विभिन्न एजेन्सीको सहयोगमा)

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij