२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
--3697

रूपन्देहीमा एमसीसीविरूद्व र्‍यालीसहित कोणसभा सम्पन्न

रूपन्देहीमा एमसीसीविरूद्व र्‍यालीसहित कोणसभा सम्पन्न

शुक्रवार, फाल्गुण ६ २०७८
शुक्रवार, फाल्गुण ६ २०७८
  • बुटवल । सरकारले संसदमा एमसीसी सम्झौता टेबल गर्न लागेपछि रूपन्देहीमा ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आयोजना गरेको एमसीसी विरुद्धको संयुक्त संघर्ष कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । पुष्पलाल पार्कबाट एमसीसी विरुद्ध नाराबाजी सहित सुरु भएको जुलुस ट्राफिकचोक, बिपीपथ, अमपरपथ हुँदै पुरानो बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । 

    कोणसभालाई सम्बोधन गर्दै वक्ताहरुले एमसीसी सम्झौता संसदमा टेबुल गरेर पास गरिए गम्भीर राष्ट्रघात हुने बताएका छन् । वक्ताहरुले एमसीसी देशको सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधीनताविरुद्ध भएको भन्दै यसको खारेजीको विकल्प नभएको बताएका छन् । कोणसभामा नेकपाका बुटवल उपमहानगर सेक्रेटरी विरेन्द्रले नेपालको प्राकृतिक स्रोत साधनमाथि कब्जा गर्ने उद्देश्यले एमसीसी नेपाल आउन खोजेको भन्दै यसको खारेजीको विकल्प नभएको बताए । उनले एमसीसी विकास सहयोगको नाममा सार्वभौमसत्तामाथि हस्तक्षेप गर्ने गरी आएको भन्दै नेपाललाई यसबाट बचाउन देशभक्त नेपालीहरु एक हुनुपर्ने बताए । नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य प्रेम सुवेदीले एमसीसीका कारण देश दुई  ध्रुवमा विभाजित भएको भन्दै राष्ट्रियताका पक्षधरहरुले स्वाधीनताको संघर्षलाई तीब्र बनाउने पर्ने बताए । उनले नेपालीहरुले साम्राज्यवादको गुलाम गर्ने जंगबहादुर प्रवृत्तिलाई आत्मसात गर्ने कि राष्ट्रियताका पक्षधर भीमसेन थापाको देशभक्त प्रवृत्तिलाई आत्मासात गर्ने ? गम्भीर प्रश्न उब्जिएको भन्दै हामी देश जोगाउन देशभक्तपूर्ण आन्दोलनमा एकीकृत हुनुपर्ने बताए । 

    राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष बमबहादुर खत्रीले एमसीसी विरुद्ध देशभक्त नेपालीहरुले वीरतापूर्ण संघर्ष गरिरहेको भन्दै साम्राज्यवादका दलालहरुले देशभक्तहरुमाथि गरेको दमनविरुद्ध संघर्षको विकल्प नभएको बताए । कार्यक्रममा नेकपा मालेका नेता गोपालमणि ज्ञवाली, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका लुम्बिनी प्रदेश सदस्यले एमसीसी सम्झौता संशोधन होइन खारेज गर्नुपर्ने बताएका छन् । 

    कोणसभाको सञ्चालन नेकपाका खोमा तरामु मगरले गरेका थिए भने संग्रामी सांस्कृतिक परिवारले एमसीसीविरुद्ध गीत गाएको थियो । रुपन्देहीमा ६ दलीय मोर्चामा नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मसाल, नेकपा माले, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा माओवादी केन्द्र समाजवादी, राष्ट्रिय जनमोर्चा, देजमो रहेका छन् । ८ दलीय मोर्चाको केन्द्रीय कार्यक्रम अन्तर्गत बुटवलमा संयुक्त कोणसभा सम्पन्न भएको हो । यसअघि रुपन्देहीमा मोर्चाले एमसीसीविरुद्ध संयुक्त रुपमा निरन्तर संघर्ष गर्दै आएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij