२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • नेकपा कपिलवस्तुद्धारा दिवंगत कर्णबहादुर परियारप्रति दुःख...
--3695

नेकपा कपिलवस्तुद्धारा दिवंगत कर्णबहादुर परियारप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली

नेकपा कपिलवस्तुद्धारा दिवंगत कर्णबहादुर परियारप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली

बिहिवार, फाल्गुण ५ २०७८
बिहिवार, फाल्गुण ५ २०७८
  • बुटवल । नेकपा कपिलवस्तुले पार्टी सदस्य सहिद चेतमान परियार (आकाश) का बुवा शिवराज नगरपालिका वडा नं. ९ नारीकोट टोल निवासी कर्णबहादुर परियारको ६८ बर्षको उमेरमा भएको निधनप्रति दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । 

    जिल्ला इन्चार्ज जुझारु र सेक्रेटरी कलमले संयुक्त वक्तव्य जारी गर्दै दिवंगत कर्णबहादुर परियारको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ । बिहीबार जारी शोक वक्तव्यमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टीका पार्टी सदस्य सहिद चेतमान परियार क. आकाशका बुबा शिवराज न.पा. वडा नं. ९ नारीकोट टोल निवासी कर्णबहादुर परियारको ६८ वर्षको उमेरमा हिजो फागुन ४ गते राती उपचारका क्रममा सञ्जीवनी हस्पिटल चन्द्रौटामा असामयिक निधन भएकोमा हाम्रो कपिलवस्तु पार्टी दुखित भएको छ । मृतक कर्णबहादुर परियारप्रति जिल्ला पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij