२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • अर्घाखाँचीमा दलित अपाङ्ग विशेष कार्यक्रम अन्तर्गत...
--3694

अर्घाखाँचीमा दलित अपाङ्ग विशेष कार्यक्रम अन्तर्गत सम्मान तथा फाईबर सिरक वितरण

अर्घाखाँचीमा दलित अपाङ्ग विशेष कार्यक्रम अन्तर्गत सम्मान तथा फाईबर सिरक वितरण

बिहिवार, फाल्गुण ५ २०७८
बिहिवार, फाल्गुण ५ २०७८
  • अनिल नेपाली,अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा न ७ मा दलित अपाङ्ग विशेष कार्यक्रम अन्तर्गत सम्मान तथा फाईबर सिरक वितरण कार्यक्रम आज एक कार्यक्रमका बीचमा सम्पन्न भएको छ ।

    कार्यक्रम सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण  अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

    कार्यक्रममा मन्तब्य राख्दै प्रशासकीय अधिकृत अर्यालले नगरपालिकाले फरक क्षमता भएका लक्षित समुदाय जेष्ठ नागरिक लाई पहिलो प्राथमिकता राखेर काम गरेको बताउँदै नगरपालिकाले जहिले पनि सम्मान गर्ने बताउँदै यस्ता किसिमका सम्मानले समाजमा योगदान गरेका व्यक्तिलाई प्रोत्साहन हुने बताउनुभएको थियो ।

    कार्यक्रममा वडा न ७ का सदस्य विष्णु प्रसाद भुसाल रामलाल खनाल ओभसियर हरि खनाल पत्रकार अनिल नेपाली लगायतको आतिथ्यता रहेको थियो ।

    कार्यक्रम वडा न ७ का अध्यक्ष प्रितम बहादुर थापाको अध्यक्षता वडा सचिब तुलशा श्रेष्ठ कार्यापालिका सदस्य बसन्ता केसीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा वडामा रहेका अपाङ्ग २२ जना ७५ बर्ष भन्दा माथिका जेष्ठ नागरिक १८ जनालाई सम्मान गरिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij