अनिल नेपाली,अघाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाँउपालिका वडा न ८ कमरेपानीमा रहेको बालशिक्षा माध्यमिक बिधालयमा विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक सगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति अर्घाखाँचीले विविध माग राख्दै आज बिधालय प्रशासनमा ताला लगाएको छ ।
संगठनका जिल्ला उपाध्यक्ष पदम नेपालीद्धारा हस्ताक्षण विज्ञप्तीमा साँस्कृतिक रुपमा पतित प्रधानाध्यापक लाई कार्यबाही गनुपर्ने नियम विपरीत राखिएका शिक्षकहरुलाई खारेज गरी प्रतिस्पर्धाबाट योग्य शिक्षक नियुक्ति गनुपर्ने बिधालयको भबन निर्माणमा आर्थिक चलखेत गरी २ न इट्टा प्रयोग गरी बिधालय संचरना बनाएको सरचनालाई तुरुन्त भत्काएर मापदण्ड अनुसार काम गर्न बिधालयका प्रधानाध्यापक बिधालयका व्यवस्थापन समितिका अध्यक्षको कम्पनीबाट हटाउन लगायका माग राख्दै ताला लगाएको उपाध्यक्ष पदम नेपालीले बताए ।
बिधालय प्रशासनलाई राजनितिक अखडा बनाएर विधार्थीको भविष्य माथि खेलबाड गरे त्यो प्रतिफल नराम्रो त्यसबाट सिर्जित समस्याको स्वयम् बिधालय प्रशासन हुने माग पत्रमा उल्लेख गरिएको छ ।
विगत लामो समयदेखि आन्दोलन गदै आएको अखिल क्रान्तिकारीले जिल्लामा देखिएको विकृति विसंगतिका बारेमा संघर्ष गर्र्दै आएको बताउँँदै केन्द्रिय सदस्य नविन खड्काले विधार्थीहरुको माग भएकोले यसमा सबै जिम्मेबार बन्नुपर्ने बताए ।
