२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
--3690

सत्तारुढ गठबन्धनको ‘निर्णायक बैठक’ सुरू

सत्तारुढ गठबन्धनको ‘निर्णायक बैठक’ सुरू

बिहिवार, फाल्गुण ५ २०७८
बिहिवार, फाल्गुण ५ २०७८
  • बुटवल । एमसीसी अनुमोदन गर्ने सम्बन्धमा साझा धारणा बनाउन सत्तारुढ ५ दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ । बैठकलाई चासो साथ हेरिएको छ। 

     प्रतिनिधिसभाको भोलि बस्ने बैठकमा एमसीसी टेबल हुनुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको अडान रहेको छ । बुधबार प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसीबारे सहमति जुटाउन आज गठबन्धनको निर्णायक बैठक बस्ने सहमति जुटेको थियो ।

    सत्तारुढ नेकपा माओवादी केन्द्रले भने यथास्थितिमा एमसीसी पारित हुन नसक्ने अडान लिएको छ । माओवादीले एमसीसी टेबल भए सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ ।

    गठबन्धन बैठकअघि माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो । छलफलबाट बाहिरिने क्रममा माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन जोगाउन अन्तिमसम्म प्रयास गर्ने बताएका थिए ।

    सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस भने एमसीसी अनुमोदनमा गठबन्धनभित्र असहयोग भए गठबन्धनको विकल्प खोज्नुपर्ने पक्षमा छ ।
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij