२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • कपिलवस्तुमा नेपाल बन्द पूर्ण रूपमा सफल,...
--3685

कपिलवस्तुमा नेपाल बन्द पूर्ण रूपमा सफल, ३ स्थानमा कोणसभा

कपिलवस्तुमा नेपाल बन्द पूर्ण रूपमा सफल, ३ स्थानमा कोणसभा

बुधवार, फाल्गुण ४ २०७८
बुधवार, फाल्गुण ४ २०७८
  • कपिलवस्तु । राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध शान्तिपूर्ण नेपाल बन्दको क्रममा कपिलवस्तु जिल्लामा पूर्ण प्रभाव परेको छ । बन्दको क्रममा जिल्लाका सम्पूर्ण बजार क्षेत्र, राजमार्ग, उद्योग कलकारखाना, शैक्षिक संस्था, यातायात बन्द भएको छ । 

    विहानैदेखि बन्दको क्रममा नेकपाका नेता कार्यकर्ताहरु शान्तिपूर्ण रुपमा जुलुस तथा प्रदर्शनहरु गरेका थिए । प्रदर्शनमा एमसीसी सम्झौता खारेज गर्नुपर्ने माग गर्दै देशभक्त नेपालीहरुलाई साम्राज्यवादविरुद्ध संघर्ष गर्न एक हुन अपिल गरेका थिए । 

    प्रदर्शनपछि चनौटा,पचेहरा र गोरूसिंगेमा कोणसभा सम्पन्न भएको नेकपा केन्द्रीय सदस्य एवं कपिलवस्तु/अर्घाखाँची इन्चार्ज जुझारुले बताउनुभयो । जसअन्तर्गत गोरूसिंगेमा भएको कोणसभालाई अनेमसंघ क्रान्तिकारी केन्द्रीय सदस्य ममता, पचेहरामा नेकपाका नेता सुनिल र चनौटामा भएको कोणसभामा युवा संगठन नेपालका केन्द्रीय सदस्य बादल र नेकपा शिवराज नगरपालिका सेक्रेटरी पावेलले सम्बोधन गरेका थिए । 

    नेपाल बन्दको पूर्वसन्ध्यामा कपिलवस्तुमा भएको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको थियो ।  

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij